लन्डन । १६औँ यलम्बरहाङ कप फुटबलको उपाधि एफसी केन्टले जितेको छ । शनिबार २६ अप्रिलमा चुम्लुङ्देन मेडेस्टोनमा भएको फाइनलमा फार्नबोरो इलाइटलाई १-० गोलले पराजित गर्दै एफसी केन्ट च्याम्पियन बनेको हो ।
किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा भएको प्रतियोगितामा मेन टिममा एफसी केवाईसी थोरक शाखाबाट कल्याण राईले अत्यधिक स्कोर बनाए । फार्नबोरो इलाइटका नरमान गुरुङ उत्कृष्ट खेलाडी छानिए । विजेता टिमलाई यलम्बरहाङ कपसहित १ हजार पाउन्ड नगद र इन्डिभिजुअल ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगितामा मेन टिम, भेटेरेन र सुपर भेटेरेन समूहबीच प्रतिस्पर्धा भएको थियो । सुपर भेटेरेनतर्फ इलाम एफसी विजेता र मेडेस्टोन गोर्खा एफसी उपविजेता भए । उक्त समूहमा इलाम एफसीका टप स्कोरर सुजित थापा र लेखराज राई उत्कृष्ट खेलाडी बने ।

भेटेरेन समूहमा धरान ११ विजेता र केवाईसी यूके वारविकसायर शाखा उपविजेता बनेका थिए । त्यसमा सर्वाधिक गोलकर्ता इमानुल बने भने उत्कृष्ट खेलाडी निराजन खड्का घोषित भए । तीन समूहमा गरी प्रतियोगितामा जम्मा ३२ टिमले भाग लिएका थिए ।
प्रमुख अतिथि पूर्वमन्त्री विजयप्रकाश थेबेलाई लिम्बूहरूको लोकप्रिय च्याब्रुङ नृत्य प्रदर्शन गरी स्वागत गरिएको थियो । संस्थाका अध्यक्ष कमला लिम्बू र प्रमुख अतिथि थेबेले सामूहिक रूपमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि थेबे र विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर रिटायर्ड योगेश राईले चुम्लुङ यूकेले सञ्चालन गर्दै आएको फुटबल प्रतियोगिताले खेलाडीहरूलाई प्रोत्साहन मिल्ने, शारीरिक, मानसिक रूपमा स्वास्थ्यलाभ, खेलकुद क्षेत्र विकास हुने चुम्लुङ यूकेको कार्यप्रति धन्यवादसहित शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा पाँचथर समाज सेवा यूकेकी अध्यक्ष शान्ति लिम्बू, संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेकी अध्यक्ष शर्मिला याक्सो, समाजसेवी नरकुमारी लिम्बू, लेफ्टिनेन्ट रिटायर्ड ईश्वर आङ्बुहाङ, डा. बिना थेबे , पहिचान मोर्चा यूकेका संयोजक देवी तुम्बाहाम्फे, गैर आवासीय नेपाली संघ यूकेका उपाध्यक्ष झलक थापा, मगर संघ यूकेकी निवर्तमान अध्यक्ष सिता पुन, नेपाल पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष विमला सेने लिम्बू, समाजसेवी एवं साहित्यकार एकेन्द्र गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, सुनुवार समाज यूकेका अध्यक्ष अकाश सुनुवार, एनआरएनए आईसीसी सदस्य लिला सेलिङ माबो, सेवारो कलाकार संघ यूकेकी अध्यक्ष इन्द्र पङ्धाक इस्पो, थामेन्दिङमा चुम्लुङ यूकेकी अध्यक्ष मनमाया नेम्बाङलगायतको उपस्थिति थियो ।

प्रतियोगिता औपचारिक कार्यक्रम सञ्चालन महासचिव विश्वासदीप तिगेला र सचिव महेश वनेमले सञ्चालन गरेका थिए भने प्रतियोगिता सञ्चालन उपाध्यक्ष दीपेन्द्र याक्सो, निवर्तमान अध्यक्ष नरवीर आङ्बो, भगिरथ जबेगु, जीवन प्यारा, सहकोषाध्यक्ष देउमान पङ्धाकले सञ्चालन गरेका थिए । अतिथि सत्कारमा उपाध्यक्ष सानु सुब्बा, सहसचिव सकुन नेम्बाङ, सदस्य दीपा लिम्बू खटिएका थिए ।
अन्त्यमा अध्यक्ष लिम्बूले अतिथि, उपस्थित सम्पूर्ण खेलाडी,दर्शक, प्रतियोगिता सञ्चालनमा खटिएका भोलेन्टियर्स कार्यसमिति सबैलाई धन्यवादका साथै विजेता टिमलाई बधाई प्रकट गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।
-नगेन्द्र नेम्बाङ