पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको विद्यालय कुमुदिनी होम्समा एस् ई ई दिएर बसेका विभिन्न जिल्लाका विद्यालयका विद्यार्थीहरुबीच प्रथम एस ई ई कप २०८१ मङ्गलवारदेखि जारी छ।
बुधबार सम्पन्न फुटसलमा अमरसिंह मा. वि., पञ्चमुनि मा. वि. (ए) तनहुँ , राष्ट्रिय मा.वि., कास्की मोडनाइज्ड, विन्ध्यवासिनी मा.वि. (बाटुलेचौर), छोरेपाटन मा.वि., शान्तिदीप मा.वि., जनप्रकाश मा. वि. (बि), जनप्रिय, प्रतिभा, बालोदय, स्टेप वाइ स्टेप, बालकल्याण , महेन्द्र , अमरसिद्धि मा. वि., वोइस्ट पोइन्ट मा. वि.(बेनी), प्रगति (बि), अल्फा बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै कुमुदिनी होम्स मा.वि., ग्लोबल कलेजियट, हिमालयन बोर्डिङ,जनप्रकाश मा.वि. (ए) र एस्.ओ.एस्.तेस्रो चरणमा (प्रि-क्वाटर ) प्रवेश गरेका छनु । छात्रा बास्केटबलतर्फ बि. एम. जि. मा.वि. र साइनिङ स्टार सेमिफाइनलमा प्रवेश गरेको छ। त्यसै गरी छात्र बास्केटबलतर्फ सिर्जना , वेलनन एकेडेमी , जनप्रिय, विन्देश्वरी, भद्रकाली, मेश्रम बाराह मा. वि., भू.पू. सैनिक मा. वि.(वालिङ), केफ मा.वि., गण्डकी बोर्डिङ , ग्लोबल, गलेश्वर आदर्श मा.वि. म्याग्दी र नेपाल आदर्श दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिता अझै दुई दिनसम्म सञ्चालन हुने कुरा एस्.ई.ई. कप संयोजक विकाश ढुङ्गानाले जानकारी दिए ।

