Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
खेलकुद
  • Home
  • खेलकुद
  • तेक्वान्दोमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली बने पूर्वगोर्खा सैनिक तुलसी गुरुङ, रचे इतिहास
तेक्वान्दोमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली बने पूर्वगोर्खा सैनिक तुलसी गुरुङ, रचे इतिहास
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता मंगलबार, चैत १९, २०८१
तस्बिर: तुलसी गुरुङको फेसबुक

काठमाडौँ। पूर्वगोर्खा सैनिक तुलसी गुरुङले तेक्वान्दोको सर्वोच्च उपाधि ९ डान प्राप्त गरेका छन् । यससँगै गुरुङ तेक्वान्दोको सबैभन्दा माथिल्लो र अन्तिम उपाधि पाउने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् ।

गुरुङले गत डिसेम्बरमा ९ डान प्राप्तिका लागि दक्षिण कोरियास्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासंघले चैत ११ मा नतिजा सार्वजनिक गरेको हो । आगामी जुनमा आयोजना हुने कार्यक्रममा गुरुङलाई प्रमाणपत्र प्रदान गरिनेछ । 

ओलम्पियन दीपक विष्ट अहिलेसम्म कुनै पनि नेपालीले ७ डानभन्दा माथि प्राप्त गर्न नसकेको बताउँछन् । ७ डान प्राप्त गरिसकेपछि ८ डानका लागि ७ वर्ष, ९ डानका लागि ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्नेसमेत हुन्छ ।

गुरुङको सफलताले तेक्वान्दोप्रति समर्पित खेलाडी र देशकै शिर उँचो बनाएको उनले बताए । यो उपाधि प्राप्त गर्ने व्यक्तिलाई संसारभर अत्यन्तै सम्मानजनक रूपमा ग्रान्डमास्टरका नामले सम्बोधन गरिन्छ ।

नेप्लिज तेक्वान्दो महासंघका अध्यक्ष दीपक खड्काले पनि तुलसी गुरुङबाहेक अरू कसैले ९ डान प्राप्त गरेको जानकारी नभएको बताए । १७ वर्षको उमेरदेखि तेक्वान्दोमा सक्रिय गुरुङले ९ डान परीक्षा पास गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

tekwando-1743521735.jpg
६३ वर्षीय हाल गुरुङ हङकङमा बस्दै आएका छन् । उनी हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत भइसकेका छन् । उनी सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’ का स्वर्ण पदक विजेतासमेत हुन् ।

सन् १९८३ मा उनले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप’ मा सहभागिता जनाएका थिए ।

सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासंघ’ दर्ता गरेका थिए । त्यसयता उनको प्रशिक्षणमा दुई हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन् ।

नेपाली खेलकुदमा समेत उनले इतिहास रचेका छन् । २०४० सालमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आट्र्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए । 


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
गोर्खा कपको २३औँ संस्करण आज
गोर्खा कपको २३औँ संस्करण आज आइतबार, जेठ ११, २०८२
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु] शनिबार, जेठ १०, २०८२
नेपाली चर्चित फुटबलर साम्बा बेलायतमा व्यस्त [भिडियोसहित]
नेपाली चर्चित फुटबलर साम्बा बेलायतमा व्यस्त [भिडियोसहित] शनिबार, जेठ १०, २०८२
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा बिहीबार, जेठ ८, २०८२
साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने 
साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने  मंगलबार, जेठ ६, २०८२
यूकेमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो जित
यूकेमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो जित मंगलबार, जेठ ६, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्