पोखरा । सेकेन्ड मादी कप २०२५ एट ए साईड फुटवलको उपाधि आयोजक मादी एफसी मकाउले जितेको छ । प्रतियोगिताको फाइनलमा आयोजक मादी एफ सीले जेएन एफसी हङकङलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधिसहित हङकङ डलर ७ हजार, ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको हो। उपविजेता विजेता जेएन एफसीले हङकङ डलर ४ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो।
११ टिमको सहभागिता रहेको प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडी मादी एफसी मकाउका अलिस तामाङ घोषित हुदै ५ सय हङकङ डलरसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा बेष्ट किपर मादी एफसी मकाउका लक्की कार्की, वेष्ट डिफेण्डर जेएन एफसी हङकङका सुमित गुरुङ, सर्वाधिककर्ता(८ गोल) मादी एफसी मकाउका कुमार गुरुङ, फाइनलमा म्यान अफ द म्याच जेएन एफसी हङकङका ओसेल ठकुरी, पहिलो सेमिफाइनमा म्यान अफ दि म्याच मादी एफसी मकाउका गोलकिपर लक्की कार्की, देश्रो सेमिफाइनमाल मादी वी का सुरेन गुरुङ म्यान अफ दि म्याच घोषित हुदै पुरस्कृत भएको प्रतियोगिता संयोजक नरेश गुरुङले जानकारी दिए ।
साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमसहित मकाउमा २४ मार्चमा सम्पन्न सेकेन्ड मादी कप २०२५ एट ए साइड फुटवल प्रतियोगिताको प्रमुख अतिथि एलजी एशोशियसन हङकङका अध्यक्ष विशाल गुरुङ रहेका थिए ।
प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथि विशाल गुरुङ, विशिष्ट अतिथिहरु चेतन गुरुङ, अलि बट, भिमकुमार राईले रिवन काटेर उद्घाटन गर्नुभएको थियो भने प्रतियोगिताको बल हस्तान्तरण गरेर प्रारम्भ गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि चेतन गुरुङले खेलाडीहरुलाई बधाईका साथै आयोजनालाई शुभकामना मन्तव्य व्यक्त गनुभएको थियो भने प्रतियोगिता संयोजक तथा व्यवस्थापक नरेश गुरुङले प्रतियोगिता सम्पन्न गर्न आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुहुदै आगामी दिनमा पनि फुटबल प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
