लन्डन । पोखरामा आयोजना हुने आहा गोल्डकप-२०२५ खेल्ने ब्रिगेड ब्वाइज क्लब यूकेको टोली नेपाल प्रस्थान गरेको छ ।
क्लबका २१ जना खेलाडी, प्रबन्धक र सहायक प्रशिक्षकसहितको टोली आइतबार नेपाल प्रस्थान गरेको हो ।
क्लबको प्रबन्धक सुरेश राना र सहायक प्रशिक्षक रोसन राई रहेका छन् । यसैगरी, खेलाडीहरूमा निशल राई, रोमिन गुरुङ, अमर राना, विनोद राना, विशाल तामाङ, प्रहर्श केसी, शक्तिम लिम्बू, अनुज थापा, विधान राई, रोशन राई, र्यान कुँवर, अश्रे तामाङ, प्रमित लिम्बू र मिलन राना रहेका छन् ।
सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ पनि आइतबार नै गोल्डकपका लागि नेपाल प्रस्थान गरेका छन् । उनले नेपालमा विभिन्न क्लबसँग समन्वय गरेर ब्रिगेड ब्वाइज् क्लबका लागि फ्रेन्डली म्याच खेल्ने प्रबन्धसमेत मिलाउनेछन् ।
सहारा क्लबले पोखराको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म आहा रारा गोल्डकपको २४औं संस्करण पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगितामा दुई विदेशीसहित ११ टोलीको सहभागिता निश्चित भएको छ । पोखरा उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजकमा रारा तयारी चाउचाउ रहेको छ ।
प्रतियोगिताको उपविजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।