सोचीरहन्थें समुद्रपारिको 'यूके'शहर कस्तो होला !
सोचीरहन्थें पैसा त रुखमा फल्छ होला !
कल्पना गर्दथें, जीवनशैली टेन्सन फ्रि होला
बियर, ह्वीस्की, बीबीक्यू र डिस्कोमा रमिन्छन् होला !
यूके आइसकेपछि
काश: यस्तो नहुँदोरहेछ
बल्ल थाहाा भयो, यो त केवल काल्पनिक दुखारी सपना रहेछ
पहाड घरको दु:ख त, के हो र ! घुँडामा आएको पिलो पो रहेछ
गुन्द्रीमा सुत्दा त आराम थियो हजुर ! डबल डुन्लपले त भतभती पोल्दोरहेछ
धोती न टोपीको जिन्दगी, लाहुरेको डबल मार्चको जिन्दगी पो रहेछ
डे एन्ड नाइट, डिउटीले त बीएफटी र सीएफटी दौडेको जस्तो हुँदोरहेछ
महिनाको कमाइ त, इन्कम ट्याक्स/ मोर्गेज तिर्दा ठिक्कै हुँदोरहेछ
केही तलब, गाडीको तेल, घर खर्चमा चट हुँदोरहेछ
अलिकता यता, अलिकता उता गर्दा त बैंक ब्यालेन्स त जिरै हुँदोरहेछ
बुढा नाइट डिउटीतिर फुत्त, बूढी काम सकेर घरभित्र सुत्त । वाकदिकको पैरन
बुढा नाइट डिउटी सकेर घरभित्र लुत्त, बूढी फेरि डिउटीतिर फुत्त, सुके लुतो कनाउनु हैरान !
कहिले बेबी सिटिङ, कहिलेको मिटिङ, रेस्पिरेसन लगाएर दौडेको जिन्दगी
नखाउँ त दिनभरिको सिकार, खाउँ त कान्छा बाको अनुहार दोधार जिन्दगी
फर्किनु मन लागिरहेछ, आफ्नो नेपालको घर परिरहेछ दोधार
कठै ! के हुँदै होला हाम्रो पुर्ख्यौली घर, चुहियोकि हाम्रो खरको घर
त्यही डाँडा पखेरा, घर आगानले, पर्खि राखेका होलान्, मन रुन्छ धरधर
विदेशमा दु:ख पाए पनि, सुख पाए पनि, नबिर्सौं है आफू जन्मेको घर, नेपालको घर
सन् २०१८, यूके