Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
खेलकुद
  • Home
  • खेलकुद
  • पोखरामा प्रथम पर्वतीय दौड: अन्तर्राष्ट्रिय धावक कुसाङ गुरुङलाई सम्मान गरिने
पोखरामा प्रथम पर्वतीय दौड: अन्तर्राष्ट्रिय धावक कुसाङ गुरुङलाई सम्मान गरिने
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बिहीबार, असोज १०, २०८१

पोखरा । ‘खेलपर्यटन प्रवर्द्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ पोखरामा हुने प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ ।

पोखरा क्लिक अनलाइनको आयोजनामा १२ असोज बिहान सात बजे सुरु हुने दौडमा नेपालसहित बेलायत र ब्राजिलका ७१ पुरुष र ३३ महिला धावकले भाग लिनेछन् । जसमा ५५ वर्षीय पुरुष र ९ वर्षीय बालक धावकसमेत छन् ।

बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिकका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो तयारीबीच आयोजित प्रतियोगितामा सबै जनाको साथ र सहयोगप्रति खुसी व्यक्त गरे ।

विश्व शान्ति स्तुपबाट सुरु भएर पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा- २२ वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी दौडमा खुला, महिला, पोखरा-२२ वडास्तरीय र यू१६ गरी ४ इभेन्ट समावेश गरिएको उनले बताए ।

खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजारका साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । महिला धावक र यू१६ बालबालिका, पोखरा-२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पुर्‍याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसाङ गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’ गरिने अध्यक्ष बरालले बताए । 

460230809_429633569691942_6208226101278810753_n-1727360039.jpg
विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित प्रतियोगितासँगै पर्यटनको राजधानी पोखराको वडा नं २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइ लम्बिने आयोजकको विश्वास छ ।

पत्रकार सम्मेलनमा पोखरा-२२ का वडाध्यक्ष हिमलाल बरालले दौडका लागि ट्रयाक मर्मत गरिएको बताए । उनले आफ्नो गाउँठाउँमा प्रतियोगिता आयोजना गर्न लागिएको भन्दै आफ्नै ठानेर सहयोग गरिएको बताए । सो क्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।

अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन पत्रकार एवं साहित्यकार असफल गौतमले गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न ९ उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताका लागि विभिन्न संघसंस्था तथा व्यक्ति विशेषले सहयोग गरेका छन् । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकी प्रवर्द्धक रहेको  कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा २२, ३, ६, ८ र १७ नम्बर वडा कार्यालय, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, खाडेखोला मैत्रीय आमा समूह, अटो वेज प्रालि, वाई यूके सुपरमार्केट, एथ्लेटिक्स संघ गण्डकी, बुद्ध पार्क समिति, पुम्दीकोट माउन्टेन लज, विश्व शान्ति स्तुप समिति, पोखरा-८ वडा कार्यालयको सहयोग रहेको छ । 

यसैगरी, सहारा क्लब पोखरा, पुम्दीकोट कोट विकास समिति, कर्माचार्य ग्रुप, युनाइटेड क्लब, परिचय एड्भरटाइजिङ, वल्र्ड भिजन, जिल्ला समन्वय समिति, बुमर्‍याङ रेस्टुरेन्ट, एसके साउन्ड एन्ड भिजन, खेलकुदकर्मी विश्व तण्डुकार, टान गण्डकी, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सिटिजन फर्निचर, हिमालयन कम्प्युटर, ग्लेज ड्रिकिङ वाटर, बराल पार्टी प्यालेस, प्रादेशिक क्रिकेट संघ गण्डकी, वुल्स मेन क्लब, सहास स्पोर्टस्, टाइगर ग्रुप अफ पोखरा, होटल वाराही, सेमियोग टुरिस्ट रिसोर्ट, यूआरएल, लक्ष्मी हाउस, पुइमे फास्टफुड, लेकसाइड होटेलियर्स क्लब, होटल मुस्ताङ लेते एन्ड थकाली, फेवा टेलिभिजन, इजि ग्रप, मादि गाउँपालिका, साहस स्पोर्ट, रेवान पोखरा, हवाइ खेलकुद संस्था (ना), पोखरा पर्यटन परिषद् र पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतको सहयोग छ ।


प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
गोर्खा कपको २३औँ संस्करण आज
गोर्खा कपको २३औँ संस्करण आज आइतबार, जेठ ११, २०८२
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु] शनिबार, जेठ १०, २०८२
नेपाली चर्चित फुटबलर साम्बा बेलायतमा व्यस्त [भिडियोसहित]
नेपाली चर्चित फुटबलर साम्बा बेलायतमा व्यस्त [भिडियोसहित] शनिबार, जेठ १०, २०८२
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा बिहीबार, जेठ ८, २०८२
साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने 
साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने  मंगलबार, जेठ ६, २०८२
यूकेमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो जित
यूकेमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो जित मंगलबार, जेठ ६, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्