लन्डन । छैटौँ मोना भलिबलको उपाधि ग्रिन ब्वाइज भलिबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा क्यूजीईलाई पराजित गर्दै ग्रिन ब्वाइज च्याम्पियन बनेको हो ।
ग्रिन ब्वाइजले उपाधिसहित १ हजार ७०० पाउन्ड र दोस्रो क्यूजीईले १ हजार १०० पाउन्ड प्राप्त गरेका छन् । महिलातर्फ मोना यूके प्रथम तथा विन्चेस्टर दोस्रो भए । प्रथमले १ हजार १०० पाउन्डसहित रनिङसिल्ड तथा पदक र दोस्रोले ७०० पाउन्ड प्राप्त गरे ।
![220847c4-0b84-4d11-8298-889cc782ba6a-1720400473.jpeg](https://gurkhamedia.com/uploads/posts/220847c4-0b84-4d11-8298-889cc782ba6a-1720400473.jpeg)
यसैगरी, भेट्रेनतर्फ लगातार तीन वर्ष विजयी हुँदै छन्त्याल समाज यूकेले रनिङसिल्ड जफत गर्यो । यसका साथै उसले १ हजार पाउन्ड र दोस्रो बेजिङस्टोक भलिबल क्लबले ६०० पाउन्ड पाए ।
तीन विधामा सञ्चालन गरिएको प्रतियोगितामा कुल २८ टिमले सहभागिता जनाएका थिए । पुरुषतर्फ १६ टिम, महिलातर्फ सात र भेट्रेनतर्फ पाँच टिमको सहभागिता थियो ।
सो क्रममा छेलो हान्ने प्रतियोगिता पनि भएको थियो । उक्त प्रतियोगितामा स्याङ्जाका निरज गुरुङ प्रथम भएका थिए ।
![5ef40092-5106-4567-bde0-1c85b4bad8c8-1720400515.jpeg](https://gurkhamedia.com/uploads/posts/5ef40092-5106-4567-bde0-1c85b4bad8c8-1720400515.jpeg)
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर रहेका थिए । मगर संघ यूकेका संरक्षक घन थापा, उनकी श्रीमती कृष्णा थापा तथा अतिथिहरूमा स्याङ्जा समाज यूकेका निवर्तमान अध्यक्ष शारदा गुरुङ, बागलुङ जिल्ला समाजका पूर्वअध्यक्ष छविमाया पुन र पर्वत वेलफेयर समाजका पूर्वअध्यक्ष नेत्र आले रहेका थिए । विशिष्ट व्यक्ति एनआरएनए पूर्वअध्यक्ष तथा मोना आईसीसीका अध्यक्ष योगेन क्षेत्री र पूर्वकाउन्सिलर प्रवेश केसी पनि उपस्थित थिए ।
![82a5b551-0a2f-4da3-92f4-7b2d71ee7b47-1720400553.jpeg](https://gurkhamedia.com/uploads/posts/82a5b551-0a2f-4da3-92f4-7b2d71ee7b47-1720400553.jpeg)
खेल सुरु हुनुअघि बिहान ८:३० बजे गेटदेखि मैदानसम्म प्रमुख अतिथि र वर्षका विजयी टिमले भलिबल सिल्डसहित लगिएको थियो । सो क्रममा दोहोरी गीतको भाकामा कुमारी चेपाङ, दिपा गुरुङ, ललिता पुन र म्याग्दी देविस्थान फेलोसोपीका यूकेका अध्यक्ष याम पुर्जाले नौमती बाजाको तालमा गाएका थिए ।
![449124782_1533762744238422_8691336403708124651_n-1720401225.jpg](https://gurkhamedia.com/uploads/posts/449124782_1533762744238422_8691336403708124651_n-1720401225.jpg)
कुल आठ वटा कोर्ट सञ्चालन भएकामा मोना यूकेभित्रका तीन गाउँले यूकेले कोर्ट १ , देविस्थान फेलोसिपी समाजले कोर्ट २, खिबाग समाजले कोर्ट ३, राखु समाजले कोर्ट ४, बिम समाज यूकेले कोर्ट ५, मोना साउथले कोर्ट ६, बेगखोला कल्याणकारी समाजले कोर्ट ७ र धौलागीरी कल्याणकारी समाज यूकेले कोर्ट ८ सञ्चालन गरेका थिए ।
![7e55abdd-60f6-4bc8-90ec-eabe76ba8371-1720400600.jpeg](https://gurkhamedia.com/uploads/posts/7e55abdd-60f6-4bc8-90ec-eabe76ba8371-1720400600.jpeg)
संस्थाका वरिष्ठ उपाध्यक्ष लाल पुनले प्रतियोगिताको आरक्यू गरेका थिए । खेलको उद्घोषक अनिल मल्ल, मोना युथ सचिव अर्जुन पुन तथा स्पोन्सरको सम्मानमा संस्कृति सचिव नुनु पाईजाले गरेकी थिइन् ।
संस्थाको अध्यक्ष कुमार फगामी, भलिबल संयोजक तथा उपाध्यक्ष पदम गर्बूजा, महासचिव विष्णु भण्डारी, सचिव मनदिप जुग्जाली रहेका छन् । अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे ।
![5cf3a298-ffcb-41e5-b8cd-9eb6ca4df0a5-1720400648.jpeg](https://gurkhamedia.com/uploads/posts/5cf3a298-ffcb-41e5-b8cd-9eb6ca4df0a5-1720400648.jpeg)
![73fc0ba6-b2a3-471d-a0bf-6e5becedb122-1720400712.jpeg](https://gurkhamedia.com/uploads/posts/73fc0ba6-b2a3-471d-a0bf-6e5becedb122-1720400712.jpeg)
![58d682f7-37d0-4f6b-89e1-6af21e95fd4e-1720400736.jpeg](https://gurkhamedia.com/uploads/posts/58d682f7-37d0-4f6b-89e1-6af21e95fd4e-1720400736.jpeg)
![03354307-7c8d-4e1d-a77b-040aa900f063-1720400767.jpeg](https://gurkhamedia.com/uploads/posts/03354307-7c8d-4e1d-a77b-040aa900f063-1720400767.jpeg)
![a012b354-5812-4037-85e9-c86c95ea71c6-1720401031.jpeg](https://gurkhamedia.com/uploads/posts/a012b354-5812-4037-85e9-c86c95ea71c6-1720401031.jpeg)
![b4d731c5-345f-4c3c-9f4c-fcba2aba28e6-1720401073.jpeg](https://gurkhamedia.com/uploads/posts/b4d731c5-345f-4c3c-9f4c-fcba2aba28e6-1720401073.jpeg)