लन्डन । तमु धीं युकेद्वारा आयोजित २२औँ गोर्खा कपको उपाधि ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले उचालेको छ ।
आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु फुटबल मैदानमा भएको प्रतियोगितामा मुख्य टिमतर्फ वाटरमिलन एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै बीबीसी च्याम्पियन बनेको हो । उपाधिसँगै बीबीसीले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
![30b7106b-ece4-4e90-93ba-6a2ace89b7a4-1716790459.jpeg](https://gurkhamedia.com/uploads/posts/30b7106b-ece4-4e90-93ba-6a2ace89b7a4-1716790459.jpeg)
उपविजेता वाटरमिलनले १ हजार ८०० पाउन्ड, ट्रफी र चेक प्राप्त गर्यो । विजेता र उपविजेतालाई तमु धीं युकेका अध्यक्ष हरि गुरुङले प्रमाणपत्र, अतिथिबाट ट्रफी र प्रायोजकले चेक हस्तान्तरण गरेका थिए ।
यस्तै, भेट्रानतर्फ पनि बीबीसीकै टिम विजेता बन्यो । बीबीसीसँग १-० ले नै पराजित हुँदै धरान ११ एफसी उपविजेता बनेको छ । यस विधाको विजेताले १ हजार ५०० पाउन्ड र उपविजेताले १ हजार पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी पाए ।
महिला विधातर्फ रन्डरबोल्टस एफसी विजेता र एमके लेडिज एफसी उपविजेता बने । रन्डरबोल्टस एफसी पनि पेनाल्टी सुटआउटमा १-० ले नै विजयी बनेको हो । यस विधामा दुई टिमले मात्र भाग लिएका थिए । उनीहरूले क्रमश: ६०० र ४०० पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
![823af39a-7c77-4613-a611-69afa1ea7756-1716790528.jpeg](https://gurkhamedia.com/uploads/posts/823af39a-7c77-4613-a611-69afa1ea7756-1716790528.jpeg)
बेलायतका नेपालीमाझ चर्चित यो प्रतियोगितामा मेनतर्फ ३२ र भेट्रानतर्फ १६ टिमको सहभागिता थियो । प्रतियोगितामा यस वर्ष मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ २ टिम गरी ५० टिम सहभागी भएका थिए ।
![2e66fdc8-8887-470d-9128-217ae948d2a8-1716791287.jpeg](https://gurkhamedia.com/uploads/posts/2e66fdc8-8887-470d-9128-217ae948d2a8-1716791287.jpeg)
![16c1f772-47a1-42c2-85c9-fb7ab210fb22-1716791348.jpeg](https://gurkhamedia.com/uploads/posts/16c1f772-47a1-42c2-85c9-fb7ab210fb22-1716791348.jpeg)
![8271dd0e-39ac-4bc7-b448-c3031a8ba57e-1716791385.jpeg](https://gurkhamedia.com/uploads/posts/8271dd0e-39ac-4bc7-b448-c3031a8ba57e-1716791385.jpeg)
![e5ef90c2-96b1-4425-8061-a36c61db3847-1716791430.jpeg](https://gurkhamedia.com/uploads/posts/e5ef90c2-96b1-4425-8061-a36c61db3847-1716791430.jpeg)
![608c3095-5735-4e90-bbf5-0025473939f8-1716791452.jpeg](https://gurkhamedia.com/uploads/posts/608c3095-5735-4e90-bbf5-0025473939f8-1716791452.jpeg)
![a692e692-84f1-47b5-91ba-3b5f56b45a5d-1716791485.jpeg](https://gurkhamedia.com/uploads/posts/a692e692-84f1-47b5-91ba-3b5f56b45a5d-1716791485.jpeg)
![c82e6faf-9ea5-4db7-9ed7-58005b749c7a-1716791519.jpeg](https://gurkhamedia.com/uploads/posts/c82e6faf-9ea5-4db7-9ed7-58005b749c7a-1716791519.jpeg)
![ce736a16-02be-4f95-9bcc-72e032bbf808-(1)-1716791547.jpeg](https://gurkhamedia.com/uploads/posts/ce736a16-02be-4f95-9bcc-72e032bbf808-(1)-1716791547.jpeg)