लन्डन । बेलायतमा यही मे २६ तारिखमा तमु धीं युकेको आयोजनामा हुने २२औँ गोर्खा कपका विभिन्न प्रायोजकहरु टुंगो लागेको छ ।
मुख्य टिम, भेटेरान, लेडिज टिमको विजेता, उपविजता, उत्कृष्ट खेलाडी, टप स्कोरर, वेस्ट प्लेयर, डान्सरलगायत सबैको प्रायोजक पूरा भएको तमु धीं युकेका उपाध्यक्ष कमल गुरुङले जानकारी दिए । उनका अनुसार मुख्य टिमको विजेतालाई रिया मनी ट्रान्सफर बाट ३ हजार पाउन्ड, एचटीआर कियर एन्ड रिक्रुटमेन्ट लिमिटेडका प्रोपाईटर टंक भट्टराईले मुख्य टिमको उपविजेतालाई १८ सय पाउन्ड प्रायोजन गर्ने भएको छ । साथै उहाको कम्पनी ले तेस दिनमा हेल्थ क्याम्प पनि सन्चालन गर्नु हुनेछ । मुख्य टिमका विजेताले ३ हजार र रनअपले १८ सय पाउन्ड पाउने छन् ।
भेटेरानतर्फको विजेताले पाउने १५ सय पाउन्ड नेपब्रिज सर्भिस् लिमिटेडका सोम घलेसहित सबै निर्देशकहरुले प्रायोजन गर्ने भएको छ । यस्तै रनअपको १ हजार पाउन्ड गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष हित काजी गुरुङले प्रायोजन गर्ने निश्चित भएको उपाध्यक्ष कमलले जानकारी दिए ।
महिला टिमको विजेताको पुरस्कार रकम श्री लक्की ज्वेलर्सका मेजर योगेश राईले उपलब्ध गराउने भएको छ । उक्त पुरस्कार राशि ६ सय पाउन्ड रहेको छ । लेडिज रनरअपको ४ सय पाउन्ड प्रायोजक पूर्वगण्डकी बोर्डिङ स्कुल टिम (ईजीबीओएसए) का अध्यक्ष डा. कमल अर्याल रहेका छन् ।
मुख्य टिमको उत्कृष्ट खेलाडीलाई समाजसेवी तथा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले प्रायोजन गर्ने भएको छ भने भेटरानतर्फ उत्कृष्ट खेलाडीलाई माया सपोर्टेड लिभिङका निर्देशक राज पाण्डले पुरस्कार रकम उपलब्ध गराउनेछन् । स्काई पे मनी ट्रान्सफर रेडिङका कृष्ण गुरुङ र करम गुरुङले डान्सरलाई ५ सय पाउन्ड दिने भएका छन् । यस्तै प्रवेश टिकटतर्फ १७ हजार थान रिया मनी ट्रान्सफरले र कारपार्क टिकेट ६ हजार थान सहारा युके र नेपब्रिज सर्भिस लिमिटेडले प्रायोजन गर्ने भएको छ ।
क्वीन्स एभिन्यू फुटबल ग्राउन्डमा हुने गोर्खा कप प्रतियोगितामा विभिन्न विधाका गरी ५० टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा मेन टिम ३२ (१६-३८ वर्ष उमेर समूह), भेट्रानतर्फ १६ टिम (४० वर्षमाथि) र महिला २ टिमले प्रतिस्पर्धा गर्ने छन् । गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । नौमती बाजा र गीत तथा सांस्कृतिक नाच पनि देखाइने छ भने विभिन्न स्टल पनि राखिने छन् ।