लन्डन । १५ औं यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि क्यूजी सिग्नल्सले जितेको छ । किरात याक्थुङ चुम्लुङ युकेद्वारा आयोजित यलम्बरहाङ कपको २० शनिबार भएको अन्तिम प्रतिस्पर्धामा टीडब्लु वारियरलाई ०-१ गोल अन्तरले पराजित गर्दै क्यूजी सिग्नल्सले उपाधिमाथि कब्जा जमाएको हो । विजयी टिमले यलम्बरहाङ कप, एक हजार पाउन्ड नगद र इन्डिभिजल ट्रफी पाएको छ ।
मेन टिमतर्फ एफसी तोङ्बाबाट चेत गुरुङले अत्यधिक स्कोर गरे भने क्यूजी सिग्नल्सबाट मौसम राई उत्कृस्ट खेलाडी छानिए ।
मेन टिम, भेटेरेन र सुपर भेटेरेन गरी तीन समूहले खेलेका थिए । सुपर भेटेरेन समूहमा इलाम एफसी विजेता बन्यो भने डिएफसी उपविजेता । टप स्कोरर लेख राई र उत्कृष्ट खेलाडी लोक लिम्बु दुवै जना इलाम एफसीबाट छनोट भए ।
भेटेरेन समूहमा विजेता क्यूजीएस मास्टर बन्दा इन्टेक ४ ले उपविजेतामै चित्त बुझाउनुपर्यो । अत्यधिक गोल विकास देवानले गरे भने उत्कृष्ट खेलाडी सोम थापा छानिए । तीन विधामा खेलाइएको फुटबल प्रतियोगितामा जम्मा ३२ टिमले भाग लिएका थिए ।
प्रमुख अथिति चुम्लुङ युकेका संस्थापक अध्यक्ष खड्गजङ आङ्बुहाङ र विशेष अथिति एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरलाई लिम्बुहरुको लोकप्रिय च्याब्रुङ नृत्य प्रदर्शन गरी स्वागत गरेका थिए । प्रतियोगितालाई संस्थाका अध्यक्ष नरबिर आङ्बो प्रमुख अथिति आङ्बुहाङ र विशेष अथिति गाहामगरले सामूहिक रुपमा दिप प्रजलन गरी रिबन काट्दै उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अथिति र विशेष अथितिद्वयले यो फुटबल प्रतियोगिताले खेलाडीहरुलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्दै चुम्लुङ युकेको प्रशंसा गरे ।
अध्यक्ष नरबिर आङ्बोले अथिति उपस्थित सम्पूर्ण खेलाडी, दर्शक, प्रतियोगिता सञ्चालनमा खटिएका स्वयंसेवक कार्यसमिति सबैलाई धन्यवात प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।
आङ्बोको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा अथितिहरु पाँचथर समाजसेवा युकेकी अध्यक्ष शान्ति लिम्बु, माङ्गेना चुम्लुङ युकेका संस्थापक अध्यक्ष कमला लिम्बु, संघीय लोकतान्त्रिक सामाजिक मन्च युकेकी अध्यक्ष शर्मिला याक्सोको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष यदुचन्द्र लावतीले सेफ्टी ब्रिफ जानकारी गराएका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष अमृता पालुङ्वाले राखेका थिए ।
प्रतियोगिता संयोजक औपचारिक कार्यक्रम सञ्चालन महासचिव जुरेन्द्र खजुमले गरेका थिए भने प्रतियोगिता संचालन उपाध्यक्ष खगेन्द्र लावती र कोषाध्यक्ष दिपेन्द्र याक्सोले संचालन गरेका थिए