सुधा गुरुङ
काठमाडौं । मदन पुरस्कार बिजेता लेखक एवं मर्यादित महिनावारी सामाजिक अभियन्ता राधा पौडेलको हालै अर्को पुस्तक किशोर उपन्यास ‘मरियम मान्छे भई’ बजारमा आएकोे छ ।
सांग्रीला प्रकाशनले उक्त पुस्तक बजारमा ल्याएको हो । नेपालमा मात्रै नभएर बिश्वमै मर्यादित महिनावारी बारे अभियान चलाउने साथै सो बारे पुस्तक लेख्ने पनि राधा नै पहिलो ब्यक्ती हुन् । उनका अनुसार हालै बजारमा आएको उनको (किशोर उपन्यास) ‘मरियम मान्छे भई’ एक मुस्लिम यूवतीको कथा हो । निम्न मध्यम बर्गीय नेपाली समाजमा छोरीहरुले गर्नुपर्ने संघर्ष, भोग्नुपर्ने पीडा उपन्यासको मूल बिषय रहेको छ । मासिक रजस्वलाका कारण उसले नियमित रुपमा खुम्चनुपरेको कथाको पेटारो हो यो किताब । साथै प्रकृतीले पुरुषभन्दा भिन्न बनाईदिएका कारण मान्छे हुन नपाएको बृतान्त पनि हो । यहाँ मरियमको ब्यथा मात्रै पनि छैन, मान्छे बन्नका लागि उसले गरेका बिद्रोहको फेहरिस्त पनि छ । समयमा मरियम मान्छे बन्न सकेको कथा पनि हो यो । सो पुस्तकको बारेमा राधा भन्छिन–‘मरियम मात्रै हैन, तपाईं हाम्रा पुस्ता–दरपुस्तालाई मान्छे भएर बाँच्नका लागि यो पुस्तक एक अपरिहार्य क्याप्सुल साबित हुने अपेक्षा गरेको छु ।’
नेपालमा किशोरकिशोरी लक्षित पठन सामग्री अत्यन्त कम रहेको छ । किशोरअवस्थाका पाठकबर्गलाई लक्षित गरि उनीहरुकै मनोभावनामा आधारित पुस्तक प्रकाशन गर्ने लक्ष्य अनुरुप यो पुस्तक प्रकाशन गरिएको कुरो उनले बताईन् । यसअघि सांग्रीला बुक प्रकाशनबाटै राधा पौडेलको बाल्यकालीन संस्करण ‘रोल नं १’ र अंग्रेजी भाषामा प्रकाशित DIGNIFIED MANOPAUS को अनुदित पुस्तक ‘सर्जिकल रजनोबृत्ती’ पनि प्रकाशीत भैसकेको छ ।
सो का अलावा उनको ‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ नामक हाते पुस्तक, नितान्त महिनावारी बारे ‘अपवित्र रगत’, ‘शान्तिका पाईलाहरु’ कविता संग्रह प्रकाशित भैसकेका छन् । त्यस्तै नेपालयद्वारा प्रकाशित उनको पहिलो कृती ‘खलंगामा हमला’ ले सन् २०१४ को मदन पुरस्कार प्राप्त गरेको थियो । सो पुस्तक नेपाली र अंग्रेजी (JUMLA - A NURSE'S STORY) मा अनलाईन पनि उपलब्ध छ भने जर्मन भाषामा समेत अनुवाद भइएको छ ।
उनी राधा पौडेल फाउन्डेशन र Global South Coalition For Dignified Menstruation (दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजाल) को संस्थापक अध्यक्ष हुन् । बिगत ३ दशकदेखि उनले Radha paudel Foundation मार्फत नेपालका दूर दराजका अनकन्टार गाऊं, तराई, पहाडदेखी शहरबजारसम्म महिला तथा बालबालिकाको क्षेत्रमा धेरै काम गरेकी छन । उनी रातदिन हाम्रो समाज र देशमा महिलाहरुले महिनावारी बिभेदका कारण भोग्नु परिरहेका पीडा र बिबिध समस्याहरुको निदानका लागि अनवरत लागीरहेकी छन । उनकै पहलमा सन् २०१७ मा नेपाल सरकारले महिनावारी भएका बेला कसैले कुनै प्रकारको विभेद, हेला होचों गरेमा कानूनी सजायको प्रावधान पनि तोकेको छ ।
नेपालमा मात्रै नभएर उनी संसारभरका विश्व बिद्यालयहरुमा मर्यादित महिनावारी र मर्यादित रजनोबृत्तीबारे प्राध्यापन गराईरहेकी हुन्छिन् । उनले करिब ६० जिल्ला, दर्जन भन्दा बढी देश भ्रमण, दर्जनौं विश्व बिद्यालयहरुमा गेस्ट लेक्चरर र उनकै अगुवाईमा झन्डै ५० वटा देशमा ४ औं अन्तरास्ट्रिय मर्यादित महिनावारी दिवस मनाईदैछ ।
कोरोना संक्रमणकालले सहज र अत्यन्त सुलभ बनाईदिएको जुमको माध्यमबाट उनले सो बिषयमा ज्ञानको ज्योती संसारभर छरिरहेकी छन् ।
उनी भन्छिन–‘मर्यादित महिनावारी र रजनोबृत्ती हाम्रो जीवनको अत्यन्त महत्वपूर्ण बिषय हुन् तर यसबारे कहिल्यै खुलेर कसैले कुरै गरेनन् । त्यसैले आउनोस अब हरेक घर परिवारमा यसबारे खुलेर कुरा गरौं । महिनावारीको रगत नितान्त शुद्ध रगत भएकाले सो भएका बेला छोरीहरु अपवित्र हुन्छन् भन्ने रुढीवादी संस्कार र भ्रमबाट मूक्त होऔं । महिनावारी हुनु महिलाको एक सामान्य शारीरिक प्रकृया हो । जसरी किशोरावस्थामा प्रवेश गर्दा पुरुषहरुको जुंगाको रेखी बस्नु, आवाज घोर्लिनुलाई गर्वको रुपमा परिवार र समाजले सहज स्वीकार्छ, त्यसै गरि छोरी महिनावारी हुनुलाई उनको सम्पूर्णताको प्रतिकको रुपमा सेलिब्रेट गरौं । न कि उनलाई अछुत झै व्यवहार गरि अलग राखौं ।