लन्डन । नेपालको राष्ट्रिय टोली र इंग्ल्यान्डको ‘सी’टिमबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
बेलायतस्थित व्यावसायिक फुटबल क्लब अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम ईबीबीमा आउँदो मे ६ बैंक होलिडेका दिन नेपालको राष्ट्रिय टिम र इंग्ल्यान्डको सी टिमबीच प्रतिष्पर्धा गराउने भएको हो ।
क्लबका अध्यक्ष साहिद अजिमले सोमबार अल्डरसटस्थित ईबीबी रंगशाला परिसरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् । नेपालबाट खेलाडी, कोच, फिजियो, अफिसियल गरि ३० जनाको टिम बेलायत आउनेछन् । अप्रिल २९ मा नेपालको टिम बेलायत आइपुग्नेछ । खेलाडीले बेलायतको भिसासमेत बुझिसकेको उनले जानकारी दिए ।
यो ऐतिहासिक खेलका लागि क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग समन्वय गरिरहेको छ ।
अध्यक्ष साहिद नेपाली समुदायसँग निकट छन्। अप्ठेरो पर्दा नेपालीलाई बेलायत र नेपालमा पनि सहयोग गर्न उनी सधैँ अग्रसर हुन्छन् । अल्डरसट टाउन फुटबल क्लबले भूकम्पका बेला नेपालमा ३० हजार पाउन्ड खर्चेर दुई स्कुलसमेत पुनर्निर्माण गरिदिएको थियो ।
पत्रकार सम्मेलनमा बेलायतस्थित नेपाली समुदायका विभिन्न संघसंस्थामा अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो ।
एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, पुनम गुरुङ, तमु धीं युकेका पूर्वअध्यक्ष कमल गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, शिवकल्चरका अध्यक्ष विक्रम भट्टराई, जीआरएनसी अध्यक्ष मनबहादुर गुरुङ, काउन्सिलर जीव बेल्वासे, गोर्खा मिडियाको प्रबन्ध निर्देशक मिलन तमु, शीतलपाटीका प्रबन्ध निर्देशक वाचस्पति रेग्मी उपस्थित थिए ।
यस्तै, सहारा युकेका पूर्वअध्यक्ष कुमार गुरुङ, तमु धीं युकेका महासचिव डा. विशाल गुरुङ, डी लन्जका सञ्चालक तुलाराम गुरुङ, तमु धीं युकेका युवाहरू, युवा व्यवसायी राजेन्द्र गुरुङलगायत पत्रकार सम्मेलनमा सहभागी थिए ।,
नेपाल फुटबल टिमसँग समन्वय कास्की फुटबल संघका युके एम्बासडर तथा तमु धीं युकेका उपाध्यक्ष कमल गुरुङले गरेका छन् । उनी सफल युवा व्यवसायीसमेत हुन् ।
https://www.facebook.com/watch/?v=747749084002904