पोखरा । नेपाली लोकसँस्कृति बचाऔं नाराका साथ २०५४ सालमा स्थापित हिमाली साँस्कृतिक परिवारको ११ औं अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा गजबहादुर गुरुङ, उपाध्यक्षमा श्रीजंग गुरुङ, महिला उपाध्यक्षमा मनसुवा नेपाली, सचिवमा मनबहादुर(माधव) गुरुङ, सहसचिवमा डबिन गुरुङ, कोषाध्यक्षमा महादेव न्यौपाने र सहकोषाध्यक्षमा सबिन गुरुङ चयन भएका छन् । यसरी नै सदस्यहरुमा इश्वरी राना, सनबहादुर गुरुङ, टोपबहादुर खत्री(तेज केसी),संगिता आले, बसन्त थापा,युवराज गुरुङ, नितु गुरुङ बी, दिलबहादुर गुरुङ, बिग्नेस थापा, बिक्रम थापा, हेमा परियार चयन भएका छन् ।
कार्यसमिति चयनका हिमाली साँस्कृतिक परिवारले मानार्थ सदस्य खेमबहादुर गुरुङको अध्यक्षतामा रुद्रकुमारी मैना गुरुङ र हुमबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक खेमबहादुर गुरुङले पद तथा गोपानयिताको सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई परिवारका संरक्षक नरबहादुर शेरचन, निर्वाचन समितिका सदस्यहरु रुद्रकुमारी मैना गुरुङ, हुमबहादुर गुरुङ लगायतले अबिर, खादा फूलमालाले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष ज्ञानबहादुर थापाले हिमाली साँस्कृतिक परिवारको उद्धेश्य प्राप्तिका लागि कार्यसमिति सक्रियताका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।