लन्डन । ग्रीनवीच भलिबल परिवार युकेको अध्यक्षमा रवीन्द्र रोकामगर र महासचिवमा उमेश चन्द ठकुरी चयन भएका छन् । महिला अध्यक्षमा भने रेखा घले सर्वसम्मत भएकी छन् ।
आइतबार २१ जनवरी २०२४ मा साउथ लन्डनको जिगेसाको हलमा सम्पन्न भएको ग्रीनविच भलिबल परिवारको तेस्रो अधिवेशनबाट पुन: रवीन्द्र अध्यक्ष र महासचिवमा ठकुरी सर्वसम्मत भएका हुन् । अध्यक्ष रवीन्द्र, उपाध्यक्ष कुमार गुरुङ, महिला उपाध्यक्ष सरला रोकामगर, महासचिव उमेश, सचिव अमर गुरुङ, इच्छा थापा, महिला सचिव रस्मी गिरी, कोषाध्यक्ष गिरीबहादुर पुन र सहकोषाध्यक्ष विजय थापा चयन भए ।
सदस्यहरुमा आरती रानामगर, जमुना रानामगर, गंगा गुरुङ, डोर घर्ती, मिन गुरुङ, मधु थापा, निर्मल थापा, मनोज गुरुङ, जीत पुन, हर्क गुरुङ रहेका छन् ।
यस्तै अधिवेशनबाट जीवन गुरुङ (म्यानेजर), अनिल गुरुङ (व्यवस्थापन संयोजक), जीवन थापा (सहसंयोजक), गौरी थापा (संयोजक महिला), चन्द्रमान पुन (युवा संयोजक) तथा फस्ट टिम क्यप्टेन), वसन्त पौडेल (सहयुवा संयोजक), सुष्मा बुढाथोकी (महिला टिम क्याप्टेन) रहेको ग्रीनवीच भलिबल परिवार युकेले जनाएको छ ।
अधिवेशनबाट संरक्षक र सल्लाहकारहरु पनि चयन भएका छन् । संरक्षकमा बिनोद ज्ञवाली, कमल राना सल्लाहकारहरुमा कर्मा पहाडी शेर्पा, खड्क रेस्मी मगर, राज कटुवाल, संजय देव श्रेष्ठ र रामकुमार थापा रहेका छन् ।
दुई चरणमा भएको अधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा थिए । उनले विदेशी भूमिमा रहेर पनि आफ्नो देशको राष्ट्रिय खेल बढो चासोका साथ प्रवर्द्धन गर्दै खेल क्षेत्रबाट नेपाली युवायुवतीको व्यक्तित्व विकाससँगै राष्ट्र विकासमा जोडिनु राम्रो कुरा भएको बताए । यस्तै क्लबका संरक्षक बिनोद ज्ञावाली, कमल राना, खड्क रेश्मी र सल्लाहकार अनिल गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।
अध्यक्ष रवीन्द्र रोकामगरको अध्यक्षमा भएको अधिवेशन क्लबका उपध्यक्ष कुमार गुरुङले स्वागत मन्तव्य, कोषाध्यक्ष गिरी पुन, विजय थापाले आर्थिक विवरण पेस गरेका थिए । अधिवेशन सञ्चालन महासचिव उमेशचन्द ठकुरीले सञ्चालन गरेका थिए ।