पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आयोजक सहारा क्लब पोखराले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता खेल्ने १२ टिमको नाम सार्वजनिक गरेको छ ।
प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भारतको दिल्ली फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिमले भाग लिने छन् ।
क्लब अध्यक्ष केशवराज बरालले आगामी माघ ९ देखि पोखरा रंगशालामा संचालन हुने यो प्रतियोगिता नेपालमा निरन्तर आयोजित एकमात्र फुटबल प्रतियोगिता भएको बताए । विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् ।
गत वर्षको विजेता संकटा हो भने उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनोसोटा, अमेरिका हुन् ।
क्लब अध्यक्ष बरालले पर्यटकीय सहर पोखरालाई स्पोर्टस् हब सिटीको रुपमा विकास गर्दैै आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पु¥याउन यो प्रतियोगिता महत्वपूर्ण रहेको बताए ।
माघ ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ । फुटबल प्रतियोगितामार्फत बचत रकम सहारा एकेडेमी संचालन गर्दै आएको सहाराले यसपालि ३७ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ ।
२०६१ सालदेखि आवासीयरुपमा निशुल्क स्वास्थ्य, शिक्षा, दीक्षा लगायत फुटबल प्रशिक्षण दिँदै आएको क्लबले पोखरा १७ दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौंथो ब्याचमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् ।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक किरण केसीले सहाराको सामाजिक कार्यमा आफूहरु दोस्रो पुस्ताले पनि साथ दिन पाउँदा खुसी लागेको बताए । पहिलो संस्करणदेखि नै यो प्रतियोगितामा हिमश्री फुड्स प्रालि मुख्य प्रायोजक रहँदैआएको छ । यसको उत्पादन आहा तथा रारा चाउचाउ हुन् ।
पत्रकार सम्मेलनमा क्लब महासचिव रामजीप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङ, पूर्व अध्यक्षहरु वसन्त थकाली, विक्रम थकाली, केशवबहादुर थापा, हरिराम गुरुङ (सुरज) लगायतले प्रतियोगिताको महत्वबारे बोलेका थिए ।