पोखरा । १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्न आयोजक तयारीमा जुटेको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले फागुनमा आयोजना गर्ने उक्त इभेन्टका लागि वैदेशिक समन्वयसहित विभिन्न उपसमितिसँगै आगामी शुक्रबार पोखरामा बृहत् अन्तक्र्रिया गर्ने भएको छ । मञ्चले सोमबारको बैठकले जिम्मेवारी बाँडफाँडसमेत गरेको अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
प्रदेश खेलकुद परिषद्का संस्थापक सदस्यसचिव एवं संस्थाका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले मञ्चको गरिमा उचाइमा पु¥याउने अग्रज तथा स्वर्गवास भएका व्यक्तिहरुका परिवारका सदस्यसँग थप सल्लाह र सुझाव ग्रहण गर्ने उद्देश्यका साथ अन्तरक्रिया गर्न लागिएको बताए ।
म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरिप्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष तथा मुख्य संयोजक दिलबहादुर गुरुङ, प्राविधिकमा संस्थापक अध्यक्ष खड्क रानाभाट, अन्तर्राष्ट्रिय समन्वयमा निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ, अनुगमन तथा निरीक्षणमा द्वितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा सल्लाहकार गणेशबहादुर भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल, प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक संयोजक चयन भएका छन् ।
यस्तै, सुरक्षा समन्वयमा हरिबहादुर बरुवाल, बसोबासमा दिनेशकुमार श्रेष्ठ, स्वयंसेवक परिचालनमा ओमबहादुर गुरुङ, प्रमाणपत्र तथा मेडलमा पुष्पा श्रेष्ठ, खेलकुद संघ संस्थामा यामबहादुर गुरुङ, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा ज्ञानबहादुर थापा, साइकल व्यवस्थापनमा रामबहादुर क्षत्री, खाजा व्यवस्थापनमा भरतकुमार आले, वस्तुगत प्रायोजक समन्वयमा हरिश्वर पोखरेल, फिजियोथेरापीमा डा. खड्गसिंह गुरुङ, रुटमा पानी व्यस्थापनमा जुमप्रसाद गुरुङ, संघसंस्था समन्वयमा सम्मरबहादुर श्रेष्ठ, सेलिब्रेटि समन्वय नीरज थापा, ह्विलचियर र दृष्टिविहीन खेल व्यवस्थापनमा अमृत बराल संयोजक चयन भएका छन् ।
यस्तै, वैदेशिकतर्फ युके समन्वय संयोजकमा सल्लाहकार महेश गुरुङ, अमेरिका समन्वयमा सोम गुरुङ, अष्टे«लिया समन्वयमा चन्द्रप्रकाश गुरुङ, सर्भिया समन्वयमा खोपबहादुर गुरुङ र हङहङ समन्वयमा रक्स गुरुङलाई संयोजक तोकिएको छ ।