मनाङ । हिमाली जिल्ला मनाङमा तमु प्ये ल्हु संघ जिल्ला तदर्थ समिति गठन भएको छ ।
तमु प्ये ल्हु संघ केन्द्रिय समितिको संयोजनमा नासों गाउँपालिका वडा नम्बर ३ धारापानीमा भएको भेलाबाट तदर्थ समिति गठन गरिएको हो । तमु प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको अध्यक्षतामा र नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर तमुको उपस्थितिमा भेला भएको हो ।
भेलाले लालबहादुर तमु (नाचैं) को अध्यक्षतामा १७ सदस्यीय तमु प्ये ल्हु संघ जिल्ला तदर्थ समिति मनाङ गठन गरेको हो । समितिको उपाध्यक्षमा कमल बहादुर तमु (ताचै), सचिवमा गुनराज तमु (तिल्चे) र कोषाध्यक्षमा रत्न कुमारी तमु (धारापानी), र सहसचिवमा सोल बहादुर तमु (ताचै) रहेका छन । यसैगरी सदस्यहरुमा योज बहादुर तमु (तिल्चे), हुमजंग तमु (ताचै), कमल माया तमु (धारापानी), शेखर तमु (नाचै), विनय तमु (नाचै), धर्मजंग तमु (ओडार), बेलकाशी तमु (ओडार), सुरेन्द्र तमु (ताल), ललिता तमु (ताल), दिलराम तमु (घेलानचोक), ललित तमु (घेलानचोक) र मन घले (थानचोक) रहेका छन ।
भेलामा पोखराबाट तमु प्ये ल्हु संघ केन्द्रिय महासचिव हर्क योज तमु, केन्द्रिय सहकोषाध्यक्ष शेखर ल्हेंगे तमु, केन्द्रिय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख महेन्द्र जंग टुक्ल्हेप्री तमु, केन्द्रिय बोनलम समितिका अध्यक्ष चोकबहादुर चैबर लेम तमु, केन्द्रिय क्ल्हेप्री समितिका उपाध्यक्ष सन्तोष टुक्ल्हेप्री तमु, गण्डकी प्रदेश समितिका सचिव मिलन क्रोम्छें तमुको उपस्थिति थियो ।