कास्की । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको अध्यक्षमा तुलसी क्षेत्री निर्वाचित भएकी छिन् ।
प्रतिष्ठानको शनिबार भएको २१ औं बार्षिक साधारण सभा एवं ८ औं जिल्ला अधिवेशनबाट तुलसी क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा परशुराम अधिकारी, द्धितीय उपाध्यक्षमा दिपक अधिकारी, महिला उपाध्यक्षमा रिता कार्की कुंवर, सचिवमा नारायणबहादुर सुनार, सहसचिवमा रचित पौडेल, कोषाध्यक्षमा नबराज अधिकारी, सहकोषाध्यक्षमा दुर्गा क्षेत्री निर्वाचित भएका छन् ।
सदस्यहरुमा सुनिल गायक, बज्रराज अधिकारी कमला के.सी., भानु पौडेल, बिनोद रामदाम, दिवाकर भण्डारी, किसान नेपाली, प्रकाश आचार्य, पुजा तामाङ, मनोज नेपाली, समिर रामदाम, श्यामबहादुर क्षेत्री, श्यामबहादुर अधिकारी, कृष्णप्रसाद भट्टराई, कमला सुनार, राजेन्द्र पोख्रेल र आरती अधिकारी निर्वाचित भएका छन् ।