Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
साहित्य
  • Home
  • साहित्य
  • क्याम्पिङ्गको झल्को अझैसम्म
क्याम्पिङ्गको झल्को अझैसम्म
जानु कम्बाङ लिम्बु
जानु कम्बाङ लिम्बु शनिबार, असोज १५, २०७९

बीबीक्यु खाइसकेपछि गर्मीले हामी तीन दिदीबहिनीलाई समुद्रले तान्न थालेको महसुस भएपछि पौडी खेल्ने हेतूले समुद्रको किनारतिर लम्कन थाल्यौं । घामको छायाले गोधूलि उक्लिसके पनि उसले सुम्सुम्याएर छाडेको बालुवा भने तातै थियो । उही तातो बालुवामाथि उत्तानो परेर पूर्णिमाको फूलमून (पूरा जून) हेर्न थाल्यौं । हरेक वर्षको सेप्टेम्बर महिनामा मून केक (काट्दा जूनजस्तै देखिने रोटी) खाने चाड हुन्छ चिनियाँहरूको । हामी उही मून केक खाने चाडको छुट्टीमा क्याम्पिङ्ग बस्न हङकङको हाम्तीन भन्ने आइल्यान्डमा पुगेका थियौं । हामी नेपालीहरूको जस्तै चाईनीजहरूको पनि विभिन्न खाले संस्कार, संस्कृति र चाडबाडहरू छन्, त्यसमध्ये यो मून केक खाने चाड पनि एक हो ।

जनवरी, फ्रेब्रुवरीतिर उनीहरूको नयाँ वर्ष पर्दछ चाईनीजहरूले नयाँ वर्षलाई "कोङ्होई फाच्छई" भन्छन् । यसको अर्थ नयाँ वर्षको हार्दिक शुभकामना भन्ने हुन्छ । यो चाडमा ठूलाले सानालाई रातो खाममा हालेर पैसा दिने चलन छ । उनीहरूको धर्ममा यसबेला जति पैसा बाँड्यो उति बढ्छ भन्ने किंबदन्ती पनि रहिआएको रहेछ । त्यसरी रातो खाममा हालेर बाँडिने पैसालाई (लाईसी ) भनिन्छ । यस्तै अनेक चाडहरू छन् चाईनीजहरूको ।

हाम्तिन सारै रमाइलो ठाउँ रहेछ । गर्मीले पसिना खलखल भए पनि खेलिरहन मन लाग्ने ! प्रकृतिको वर्णन जति गरे पनि कम हुन्छ, वर्णन गरेर नसकिने उही सुन्दर हाम्तीन आइल्यान्डको काखमा हामी शनिबार साँझदेखि रमाइरहेका थियौं, निलो आकाश र निलै समुद्रमाझ रहेको चाँदीजस्तो टल्कने बालुवामाथि उतानो सुतेर समुद्रको नुनिलो पानीलाई अँगालो हाल्दाको शीतलता र आनन्दलाई आज पनि सम्झिरहेकी छु ।

सबेरै घाम जहाँबाट उदाउँछ उही बाटोबाट साँझको जून उदाइरहेको थियो । लाग्थ्यो घाम र जूनको भेट कहिल्यै नभए पनि फरक-फरक समयमा एकै बाटो भएर उदाउने रहेछन् ? सायद ! घाम र जून जन्माउने आकाश एउटै भएर हो कि ! घामकै बाटो हिँडेर जून तल-तल ओर्लिरहेको भान हुन्थ्यो ।

Sanvi jeeler
Maoustail service

सोचें आकाशलाई तातो घाम जन्माउन गाह्रो कि ! शीतल जून जन्माउन गाह्रो होला ? प्रकृतिसँगको गन्थनले म झन्डै एकोहोरिएछु । एक्कासी समुन्द्रको ठूलो छालले झ्याम्म हिर्काउँदा पो झसंग भएँ । दिदी र बहिनी आफ्नै धूनमा सील माछाझैं पानीमा पल्टँदै खेलिरहेका थिए । छोरी जयन्ती हाम्रो फोटो खिच्नमै व्यस्त थिइन् । उनी गीता दिदी र जसबहादुर भेनाको एक्ली छोरी, मेरो ठूलो छोरा तुम्साङ्ग सँगैको हो । उसलाई देख्दा उनको दमाले छोराको बिछ्ट्टै याद आयो । अहिलेका नानीहरू हामीभन्दा चार कदम अघि छन्, सबै कुरो जानेका छन्, नानीले पनि हाम्रो राम्रो हेरचाह गरिन् ।

घामले छाडेको बाफ सेलाउँदै गएकोले होला धर्तीमा शीतलता छाएको भान भयो । तर मेरो अनुहारमा भने दिनभरिको गर्मीले कोरलेका पसिनाका थोपाहरू ओरालै ओरालो गुडुल्की खेलिरहेका थिए । हामीसँग पौडी खेल्दा लाउने कस्ट्यूम आदि केही नभएकोले आफूसँग भएको सल हाफ पाइन्ट आदि लाएर दिल मामा र सुरज भाइसँग छेलिंदै खेलिरह्यौ निक्कैबेर ।

शनिबार साँझदेखि हामीले हाम्तीन आइल्यान्डको मनै लोभ्याउने समुद्र किनारमा ४ वटा टेन्ट हालेर दुई रातका लागि बासस्थान बनाएका थियौं । उहिल्यै बाजे बराजुहरू ढाकारमा अन्न पानी बोकेर महिनौं परदेश जान्थे, त्यो समयमा त्यसरी हिँड्नु बाटोघाटो र यातायातको असुविधाका कारण उहाँहरूको रहर नभएर मजबुरी थियो ।

तर अचेल जमाना बद्लिएकोले हामी छोरानाति भने पुर्खाले चढेका ती अर्गानिक उकाली ओराली सम्झँदै हाइकिङ्ग जाने गर्छौं अनि अर्गानिक ढाकर सम्झँदै समय सँगै मोडिफाई भएका कृत्रिम ढाकर जत्रै झोला भिरेर जंगलमा बास बस्न पुग्छौं । अचेलका ती आधुनिक झोलामा पनि उसबेलाको ढाकार जस्तै दुई लाप्ताक्क (दुईतिर कुममा भिर्ने फित्ता) हुन्छन्, सामान पनि लगभग उति नै अट्छ ।

गंगा बहिनी र दिल कंगली मामाले क्याम्पिङ्ग जाने सल्लाह कतिखेरदेखि गरे कुन्नी म त अलमलमा थिएँ । नाताले गंगा र दिल श्रीमान् श्रीमती
हुन् र गंगा मेरो साइँला काकाको छोरी र दिल कंगली, आमाको मावली नाता पर्ने हुनाले बहिनी ज्वाइँ नभनेर मामा भन्छु । सुटुक्कै भन्नु पर्दा यो मामा साइनोमा मेरो आफ्नै स्वार्थ पनि लुकेको छ, ज्वाइँमात्र परेको भए जेठीसासु लाजले भुत्तुक्कै नै हुने थिएँ कि !

लामो समय यूके बसेर भर्खर हङकङ आएको मलाई के थाहा हुनु र क्याम्पिङ्गको बारेमा ? उहिल्यै हामी त्यति लामो १२ वर्ष हङकङ बस्दा पनि यसरी रमाइलो गरिएन । कसरी पैसा कमाउने ? आएको खर्च कसरी उकास्ने ? बडा काकाहरूले जस्तो घर, खेत कसरी जोड्ने ? भन्ने मात्र हुन्थ्यो मनमा । पढाई खर्चको हिसाबले सस्तो पर्ने हुँदा नानीहरू समेत नेपालमै राखियो । तर खोई त त्यसरी कमाउने र अहिले यसरी उडाउने सबै उस्तै छौं । सम्झिँदा पैसाले कसैलाई नपुग्ने रहेछ, र पुगेको पनि कहाँ पो छ र ?

मलाई केही थाहा नभए पनि, तै मेन्जो बहिनीले क्याम्पिङ्ग जानु पर्छ है दिदी मुन खाने छुट्टीमा भनेर एकदिन अनौपचारिक रुपले भनिन् । त्यसबेला काममा हामी लन्च ब्रेकमा थियौं सम्भवत । फोन खेलाइरहेको धुनमा उसको कुरो राम्रो नसुनी हुन्छ को टाउको हल्लाएछु । ल अब हाम्रो टिम पूरा भो । ६ जनाको जम्बो त नभनौ ठीकको टिम भयौं भनिन् ।

अनि पो मैले को को जाने ? भनि सोधें, 'उसले हामी बुढाबूढी, तपाईं, गीता दिदी जयन्ती अनि जयन्तीको साथी सुरज जम्मा ६ जना' भनिन् । उसले भनिन्, 'मैले सुने अनि नबुझे पनि बुझे झैं गरें, त्यो अलि पहिलेको कुरो थियो ।'

बिस्तारै दिन हप्ता हुँदै महिना बित्यो र छुट्टी पनि नजिकै आइपुग्यो, तर गर्मी घटेको थिएन । त्यसैले पनि होला म भित्र क्याम्पिङ्गको कल्पना अरुको मनमा जस्तो सल्बलाएको थिएन किनकि गर्मीले म आफै ओइलिएको झारझैं थिएँ, त्यस्ताको मनमा घुम्ने, डुल्ने, रमाइलो गर्ने रहर जाग्ने कुरै भएन ।

एक दिन काम पछि बहिनीले मंगकक जाने तपाईंको लागि समान किन्न भनिन् ।  क्याम्पिङ्ग जानलाई अनविज्ञ मलाई के था ? के के किन्नु पर्छ भनेर ! हाम्रो काम प्राय: ५ बजे सकिन्छ । कामपछि हामी सिधै हुमान तिनबाट एमटीआर चढी मंगकक ई वन एग्जिट निस्केर तल एउटा अन्डरग्राउन्डभित्र छिर्यौँ ! बाफरे म त हेरेको हेर्‍यै भएँ । कस्तो मज्जा मज्जाको क्याम्पिङ्ग बस्ने घरहरू, टेन्टहरू जम्मै खाले स्पोर्ट्सका सामानहरू, गार्डेनका  सामानहरू, क्याम्पिङ्गमा प्रयोग गर्ने सामानहरू, टेबल, कुर्सीहरू, सुत्ने पम्पवाला गद्दाहरू, पकाई खाने चुला, अन्य विभिन्न सामानहरू म त छक्कै परें । चिट्टिक सजाएर राखेको हेर्दै सुतिहालौं लाग्ने सिंगल टेन्ट रोजें दाम $२९९ हङकङ डलर थियो ।

तर त्यो टेन्ट हामीले खोज्दा पनि भेटेनौं । त्यो सजाएर राखिएको नै लास्ट पिस रहेछ, त्यसपछि बहिनीले एउटी चिट्टिक्क परेकी छुँदै मैला लाग्ला जस्ती राम्री सेल्स गर्ल्सलाई बोलाएर ल्याइन् ! चाइनिजहरू छाला र उनीहरूको फिटनेस देखेर म त छक्कै पर्छु । छाला कति सफा र गोरो ? शरीर कति फिट ? हङकङमा मोटो कोही देखिँदैन, उनीहरूको सामू हामी सारै मोटो र छालाभरि चायाँ पोतो भएका देखिन्छौं ।

उसले आफ्नो सानो फोनबाट सर्च गरिन् आफ्नो स्टोरमा छ छैन भनेर ? त्यसपछि उसले मसिनो स्वरमा 'तै हुम्चिआ ङ्हदे लिदो मौऊ साइला, इगो मो मन्थाइगावा ले ङ्ह तेङ्ग पे नेदेआ ? ङ्ह स्यंग मान्न नेदेले केसी युगा ?' ( माफी चाहन्छु हाम्रो यो स्टोरमा सकिएको छ) यदि मान्नु हुन्छ भने म अरु स्टोरबाट मगाइदिन्छु, कृपया म जान्न सक्छु कहिले चाहिएको होला ? उसले आफ्नो क्याण्टोनिज भाषाबाट यति मीठो र मसिनो स्वरले भनेपछि हुन्छ भन्न करै लाग्यो र अडर गर्‍यौं ।

त्यसपछि हामीले क्याम्पिङ्गमा प्रयोग हुने कुर्सी, बालुवामा लगाउने विशेष प्रकारको जुत्ता, ढाकर जत्रो झोला आदि किनेर फिर्‍यौं । सोचेंथें पाँच, छ सयले पुग्ला तर झन्डै १३०० जति खर्च भो । अझ अरु क्याम्पिङ्गको समय अवधिभरि खाने, खाने कुरोहरू त जम्मै बहिनी र मामाले किन्ने अनि पछि बील सबैले बोक्ने भन्ने सल्लाह भएको थियो । झोला र क्याम्पिङ्ग चाहिने सबै सामानहरूको जोरजाम सकिएपछि पो कहिले शनिबार आउँछ र झोला बोकी हिँड्नु जस्तो भो मलाई ।

हाम्रो त्यो सपना बोकेर सेप्टेम्बर १० तारिख शनिबार आखिर आएरै छाड्यो । त्यसदिन बिहान हामी काममा गयौं र हाम्रो मेनेजरलाई हाफ छुट्टी माग्यौं, किनकि हामी त्यही दिन जाने र २ रात क्याम्पिङ्ग बस्ने विचारमा थियौं । साइकोङ्ग फेरीसम्मको लागि गाडी बन्दोबस्त मामाले गर्नुभएको थियो । त्यहीअनुसार म घर पुगी नुहाईधुवाई सकेर तयार भै ठूलो झोला बोकेर तल "लै ची कक् रोड़" पुगेँ । 

गंगा र मामा सबै सामान चढाएर हामीलाई पर्खिरहनुभएको थियो, तर गीता दिदी, जयन्ती र सुरज भाइ भने आइपुगेका थिएनन् । उनीहरू मंग्कंग्कबाट शाम शोइ पो आउनु पर्ने थियो ।

कल गर्दा ट्याक्सी पर्खिरहेको र नजिक भएकोले ट्याक्सीहरू नमानिरहेको भन्ने कुरो आएकोले उहाँहरूलाई उतै टिप्ने हिसाबले चक्का गुड्यो । हाम्रो यात्रा उत्साह र उमंगले भरिएको थियो, मीठो मीठो गफ गर्दै साइकोङ्ग फेरी पुग्यौं, त्यहाँ कुन-कुन ठाउँ क्याम्पिङ्गको लागि उचित छन् भन्ने जानकारी र ती रमाइला ठाउँहरूको फोटोसहित टाँसेका थुप्रै पोस्टरहरू हुँदा रैछन्, मान्छेहरू त्यहाँ पुगेर ती पिक्चरहरू हेर्दै मन परेको ठाउका लागि त्यहाँ रहेका
एजेन्सीहरूसँग ती ठाउँसम्मको  लागि टिकेट काट्दा रहेछन् ।

हामीले पनि तिनै एजेन्सीहरूसँग सोधपुछ गरेर पानी बोर्डको टिकेट काट्यौं । साइकोङ्गदेखि हाम्तीनसम्मको १९०० सय हङकङ डलर लाग्यो ६ जनाको । त्यो ठाउँ र कस्टमर तानातान गर्ने चिनाहरू देख्दा मलाई ठ्याक्कै हाम्रो देशको बस स्ट्यान्डजस्तो । त्यहाँबाट हाम्तीनसम्मको टिकट काट्ने सामान किन्ने सबै काम गंगा र मामाले गरे, क्याम्पिङ्गको अनुभव अरुसँग नभएकोले पनि धेरै दु:ख उनीहरूले भोग्नु पर्‍यो । म त ट्वाल्ल परेर हेर्नबाहेक के नै गर्न सक्थें र ?

हाम्रो सानो बोर्ड ३.३० बजे आइपुग्यो, मामा र सुरज भाइले सामान चढाए, सकेको हामीले पनि सघायौं । बोर्ड सानो चिट्टिक्कको थियो । हामी ६ जना र अरु दुईजना चाइनिज गरी ८ जना पेसेन्जर अनि बोर्ड चलाउने चिना बुढो गरी ९ जना भयौं । साइकोङ्गबाट ४५ मिनेट लाग्नेरहेछ, सानो बोर्डमा मेरो पहिलो यात्रा थियो । निलो सफा समुद्र कस्तो आनन्द आहा...म स्वर्ग पुगेको छु जस्तो लाग्दैथ्यो तर केहीबेरपछि यात्रामा भेटिने अन्य पानी बोर्ड र ठुल्ठूला पानी जहाजहरूले हल्लाउँदा उठ्ने छालले हाम्रो सानो बोड फुटबलजस्तो उफार्द रहेछ । त्यसबखत भने कस्तो समुद्रमै झ्याम्म झरेझैं लाग्थ्यो । साह्रै सुन्दर ठाउँहरू, सामुन्द्रिक टापुहरू, परपर टाढा देखिने गाउँहरू म त हेरेको हेर्‍यै भैरहेँ । अझ ती बीच-बीचमा रहेका साना-साना टापुहरूमा पनि घर  बस्ती क्याम्पिङ्ग र पिकनिक स्पट आहा...साँच्चै सुन्दर । 

मलाई अर्कै संसार पुगेजस्तो महसुस हुँदैथ्यो । बोर्ड धेरै नै उफ्रिएछ । झ्याम्मै नुनिलो पानी अनुहारमा आयो, त्यसबेला हाम्रो हल्ला र चिच्याहट्ले बोर्ड चलाउने बूढो मरिमरि हाँस्थ्यो । त्यसपछि त अनुहारमा उछिट्टिएको त्यो नुनिलो पानी चाट्दै-चाट्दै ४.२० तिर हाम्तीन पुग्यौं ।

हाम्तीनमा त साइकोङ्गजस्तो बोर्ड रोक्ने फेरीको सुविधा रहेनछ । समुद्रको किनारमा लगेर पुछार उता जमिनतिर फर्काएर ओर्लनेरहेछ । हामीले आ-आफ्ना भारी तारी बोकेर ओर्लन लाग्यौं तर तल त समुद्र ? ओर्लने आँट कता हुने र ? अन्त्यमा मामा र सुरज भाइले झन्डै झन्डै बोकेरै झारेभन्दा पनि फरक नपर्ला । झ्याम्म पानीमा पसें, कम्मर माथि झन्डै छातीसम्म डुबें म । लगाएको लुगा सबै भिज्यो । बोकिरहेको ढाकर जत्रो झोला पनि आधा नै डुबेको थियो । बल्लैले हिँडेर भन्दा पनि छालले ठेल्दै ठेल्दै मलाई किनारामा पुर्‍यायो । त्यहाँ पुगेर बालुवा टेक्न पाउँदा जिउँदै रहेछु जस्तो लाग्यो । 

मामा र सुरज भाइले अरु भारीहरू ओसारेर राखेका थिए । त्यहाँ गएर मेरो पनि भारी बिसाएँ । फर्केर बोर्डतर्फ हेर्दा देखें साथीहरूको पनि उस्तै हालत । तर पनि गीता दिदीले भने बोर्डको सामान टाउकोतिर रहेका सामानहरू पुछारसम्म ल्याउँदै सुरज र मामालाई पास गर्दै हुनुहुन्थ्यो । म मात्र पहिले ओर्लेछु भनेर गिल्टी फिल गरें । दिदी उहिल्यैदेखि सहयोगी भावना भएको मान्छे, अरुको दु:ख आधा बाँड्न खोज्ने मान्छे आज पनि मामा र सुरजको दु:ख आधा बोकेर आफ्ना कर्तव्य निभाउँदै थिइन् ।


प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  २३:४७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप साहित्य
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता] आइतबार, साउन ११, २०८२
एक जमानामा हामी पनि थियौं [कविता]
एक जमानामा हामी पनि थियौं [कविता] शनिबार, साउन १०, २०८२
कैलाश  मानसरोवरको  यात्रा  समेटिएको पुस्तक ‘कैलाश कोरा’ प्रकाशित
कैलाश  मानसरोवरको  यात्रा  समेटिएको पुस्तक ‘कैलाश कोरा’ प्रकाशित मंगलबार, साउन ६, २०८२
उमेश अकिञ्चनले ल्याए ‘सायद किनाराहरू’
उमेश अकिञ्चनले ल्याए ‘सायद किनाराहरू’ शनिबार, साउन ३, २०८२
देशको माया [गीत]
देशको माया [गीत] आइतबार, असार २९, २०८२
म जोर्डन आउँदिनँ [कविता] 
म जोर्डन आउँदिनँ [कविता]  आइतबार, असार २२, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्