लन्डन । नेपाली महिला राष्ट्रिय भलिबल टिम कप्तान अरुणा शाहीको भव्य बिदाइ गरिएको छ ।
केही दिनअघि युके आएकी शाहीलाई मंगलबार अल्डरसटमा आयोजित एक समारोहमा नेपाली विभिन्न संघसंस्थाले मायाको चिनो, खादा र फूलको गुच्छा दिएर बिदाइ गरेका हुन् । सहारा क्लब युके, अल्डरसट भलिबल क्लब, तमु धिं युके, बगर भाइखलकले सामूहिक रुपमा उनकाे बिदाइ गरेका हुन् ।
सो अवसरमा अरुणाले खेलाडीलाई यसरी प्रोत्साहन गरेकोमा आभार व्यक्त गरिन् । उनले पल्सर स्पोर्टस् अवार्डमा सहयोग गर्ने अल्डरसट भलिबल टिमसहित युके निवासी सम्पूर्ण नेपालीलाई पनि धन्यवाद दिइन् ।
तमु धिं युकेका निवर्तमान अध्यक्ष तथा एनआरएनए युकेमा अध्यक्षका प्रत्यासी हितकाजी गुरुङ, एम्पाएर हलका म्यानेजिङ डाइरेक्टर पुरन गिरी, सहारा युके अध्यक्ष कुशान गुरुङ, बगर भाइखलक अध्यक्ष दिलरास गुरुङ, गोर्खा मिडियाका म्यानेजिङ डाइरेक्टर मिलन तमु, सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ, सहारा युकेका पूर्व अध्यक्ष मीनबहादुर गुरुङ साइला, एन्फा कास्कीका एम्बासडर कमल गुरुङ, अल्डरसट भलिबल क्लबका उपाध्यक्ष बिमल गुरुङ, न्यु केयर लिमिटेडका म्यानेजिङ डाइरेक्टर हुप थापा, अल्डरसट भलिबल क्लबका मेम्बरहरु लगायतको उपस्थिति थियो ।
कार्यक्रम संचालन अल्डरसट भलिबल क्लबका उपाध्यक्ष बिमल गुरुङले गरेका थिए ।