लन्डन । तमु धीं यूकेको आयोजनामा १७औँ नेपाली मेला आइतबार भव्य रूपमा सम्पन्न भयो । मेला सफल बनाउन आयोजकसहित विभिन्न क्षेत्रबाट सहयोग जुटेको थियो ।
व्यवसायी, संघसंस्था तथा समाजसेवी व्यक्तिहरूले आर्थिक तथा अन्य सहयोग गरेका थिए। आयोजक तमु धीं यूकेका अनुसार मेलाको पुरस्कार तथा कार्यक्रम व्यवस्थापनका लागि उल्लेख्य आर्थिक सहयोग प्राप्त भएको थियो।
एम्बासडर कपको पुरस्कार प्रायोजक
प्रथम पुरस्कार £१,५०० – हर्क गुरुङ र जगना गुरुङ
द्वितीय पुरस्कार £७०० – माया बुटिक
तृतीय पुरस्कार £५०० – किशन जीसी
झाँकी प्रतियोगिताका पुरस्कार सहयोगी
प्रथम पुरस्कार £६०० – मेलो जंक्शन
द्वितीय पुरस्कार £४०० – द ग्रेट गोर्खा (दिलाल तामाङ)
तृतीय पुरस्कार £३०० – काउन्सिलर धन सार्की
सान्त्वना पुरस्कार:
£ २०० – बिल विथर्स
£ २०० – डेभिड आर्मिटेज
£ २०० – याक एन्ड यती योर्क
नृत्य प्रतियोगिताका पुरस्कार सहयोगी
प्रथम पुरस्कार £६०० – अमित गुरुङ (मोमो स्टेसन)
द्वितीय पुरस्कार £४०० – स्वीट/कोसेली मोमो, अनुष
तृतीय पुरस्कार £३०० – सुरज गुरुङ (मोमो माउन्टेन)
सान्त्वना पुरस्कार:
£ २०० – मिलन गुरुङ (एभरेस्ट लिंक)
£ २०० – बेलबहादुर विश्वकर्मा
£ २०० – ट्रु एक्स
अन्य प्रमुख प्रायोजक तथा सहयोगी
नेपाली मेला २०२६ सफल बनाउन विभिन्न व्यवसाय तथा व्यक्तित्वबाट अन्य आर्थिक सहयोगसमेत प्राप्त भएको आयोजकले जनाएको छ।
अन्य सहयोगीहरूमा:
मोमो किङ – £१,०००
पोखरा रेस्टुरेन्ट – £५००
पेपरवर्क सोलुसन्स – £१,०००
अर्नेस्ट हार्डी – £१,०००
देवेन्द्र श्रेष्ठ – £१००
नेपाली इन्भेस्टमेन्ट (ट्यापट्याप सेन्ड) – £१,०००
केटीएम ह्वेयलसेयर – £२५०
बुद्ध फाउन्डेसन – £१०१
जेबी फर्निचर – £१००
आयोजकले नेपाली मेला केवल एउटा सांस्कृतिक कार्यक्रम नभई बेलायतस्थित नेपाली समुदायको साझा अभियान भएकाले यसलाई सफल बनाउन आर्थिक, भौतिक तथा स्वयंसेवी रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
यस वर्ष मेलाबाट प्राप्त हुने बचत रकम नेपालका बाढीपीडितको सहयोगमा प्रदान गर्ने घोषणा गरिएकाले प्रायोजक तथा सहयोगीहरूको योगदानले संस्कृति संरक्षणसँगै मानवीय सेवाको अभियानलाई समेत थप बल पुगेको आयोजकको भनाइ छ।
तमु धीं अध्यक्ष जुमकाजी गुरुङ र मेला संयोजक कमल गुरुङले नेपाली मेला सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, व्यवसायी, समाजसेवी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै नेपालमा बाढीपीडितका लागि सहयोग संकलनको अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताएका छन्।