लन्डन । ठकुरी समाज साउथ इस्ट लन्डनको नयाँ कार्यसमिति घोषणा गरिएको छ ।
यही अगस्ट २० तारिखका दिन हरितालिका तीज कार्यक्रम धुमधामले मनाउँदै अध्यक्षमा हरिकुमार मल्लसहित नयाँ कार्यसमितिको नामावाली पनि घोषणा गरिएको हो । नयाँ समितिको उपाध्यक्षद्वयमा कल्पना सेन, राजनजंग शाही, सचिव केशर चन्द्र, उपसचिव पृथ्वीध्वज खाँण, कोषाध्यक्ष मनसुन शाह, उपकोषाध्यक्षमा धनराज मल्ल चयन भएका छन् ।
सदस्यहरुमा रामचन्द्र शाही, भूपसिंह शाही, विवेक शाही, रमेश शाही, रुपा सेन, मिन हमाल, मनु मल्ल, लक्ष्य मल्ल, टोपबहादुर शाही, गणेशसिंह ठकुरी चयन भएको नवनिर्वाचित अध्यक्ष हरिकुमार मल्लले जानकारी दिए ।
यस्तै ९ सदस्यीय सल्लाहकारहरुमा प्रेमजंग शाही, कृष्ण मल्ल, कर्ण शाही, विनय शाही, बजिन्द्र मल्ल, अर्जुन शाही, टीकासिंह ठकुरी, जीवन सेन र ज्ञानबहादुर शाही रहेका छन् ।

