प्रिय, बहिनी जसु धेरै धेरै सम्झनाहरुको साथ हि ल्हो पर्वको पावन अवसरमा ल्होछारको आशिमलाँ एवं शुभकामना ।
११ औं घण्टाको लामो हवाई यात्रा सकुशल नै मातृभूमि आवतरण गर्नुभयो होला । एकतर्फी सुर्ता गरेर मात्रै पनि केही हुँदैन रहेछ । पक्कै पनि थकानले आफू सॅंगैको सुटकेस पनि एकातिर धकेलेर आरामको मुडमा हुनुहुन्छ होला । तपाईं भनी सम्बोधन गर्दा असजिलो महसुस कति पनि नगरिदिनुहोला ।
हिथ्रो एयरपोर्टबाट तपाईंको फेसबुक स्टाटस पढें । ओहो ! ४४ दिन बेलायत बसाईमा एक कप कफी पिउने अनुरोध गर्न पनि नसक्ने म कस्तो ? लाछी शुभचिन्तक रहेछु । बाँकी अड्कल कसरी भनेर आफैं गर्न सक्नुहुन्छ। 'प्रकृति अनि लन्डनमा' शीर्षकमा मीठो मन छुने कविता लेख्नुभएको थियो । यति प्रभावित भएँ । प्रत्युत्तरमा सहनुभूतिको लागि केही कोरेको थिएँ । सायद पाउनुभयो या भएन ।
तर विगत लामो समयदेखि नै तपाईंको शुभचिन्तक भएर नै होला हरेक सृजनाहरु पढिरहेको छु । तपाईंको बेलायत आगमनसॅंग हरेक दिन प्राय: हरेक संस्था, समाज र समुदायले तपाईंप्रति अर्पण गरेको सम्मान र अभिनन्दनले यति धेरै हर्षित भएँ । मेरो खुशीका सीमाहरुले बेलायतको लम्बाई चौडाई ढाकिसकेको हुन्थ्यो ।
घुमाउरो पाराले आफन्तजनसॅंग बुझ्न खोज्थें । सबैको प्रशंसा र तारिफले खुसी लागिरहन्थ्यो । एउटा हरफले चसक्कै घोचीरहेको हुन्थ्यो । जसु गुरुङ धेरै मिहिनेत र संघर्ष गरेर नै स्वयंलाई अब्बल अनि यो स्थानमा पुर्याउन सफल भएकी हुन् । यो हरफले फेरि गर्व गर्दै भावी दिनहरुका लागि अझै धेरै शुभकामना ।
“जसु” नामको अर्थ कसरी ? किन ? कहाँ ? कहिले ? यसरी नै अर्थ लाउँदै जाऊॅं भने संवादको निचोडमा पुगिँदैन होला । मात्रै मेरो तर्फबाट जसुको अर्थ प्रतिभाको एक प्रतीक जूनसॅंग म जस्तै धेरै शुभचिन्तकहरुको प्रगति सफलताको शुभेच्छा छ ।
बहिनी बेलायतको यो चिसोमा तातो नै कुरा गर्न चाहेँ झर्को त मान्नु हुन्न होला । यही २६ डिसेम्बर तमुधिं यूकेको भवनमा तपाईंको पनि उपस्थिति रहने छ भन्ने खबरले विश्वस्त र उत्साही थिएँ । चिनापर्चीको संवाद हुने छ । दुई मिनेटमात्रै बोल्नेछु म को हुँ ? भन्दा पनि तपाईंसॅंगको परिचित हुँदाको खुसी व्यक्त गर्नेछु । बाँकी तपाईंलाई नै सुन्ने छु । तर परिचित गराइदिने माध्यम यसरी विलिन भयो । घुम्तीमा मोबाइलले नेटवर्क नटिपेको जस्तो मेरो माध्यम सजिलै हरायो ।
मेरो स्वभाव अलि लाछीपनले थिचिएकोले गर्दा आफ्नै आँगनमा भेटिएको प्रतिभाको प्रतिक “जसु”बहिनीलाई हेलो भन्न पनि कन्जुस्याइँ गरें । तर तपाईंलाई कतिको याद छ । किचेन जाने क्रममा मैले अन्नजानी नमस्ते दर्शाएँ । प्रत्युत्तरमा सजिलै नमस्ते भन्नुभो । तर तपाईंको नजर लजाएको दुलाही बाटो पार गर्दा हतार भएझैं गरी हिँड्नु भयो । त्यत्ति ठूलो जनमासमा मेलै ठट्याउली पारामा पछ्याउँदा उत्ताउलोपन हुन्छ भनेर खाली कुर्ची भएतिर तातो कफीको सुर्को लिँदै अग्रजहरुलाई सुनिरहेँ । तर नजर केही खोजीरहे जस्तो घुमिरहन्थ्यो ।
दिदीबहिनी, दाजुभाइको साहराले चिनापर्चीको बिन्ती बिसाउन मन थियो । तर भनि हालें नि “जसु”नामले नै दशकौ श्वास बढेर आउँथ्यो किन ? के को लागि ? भनेर सोधी हाले यो फुच्चेको जवाफ लाजको पसरोबाहेक केही थिएन । बेलायतको चिसोमा हल्का खोकीले पनि जिस्काइरहेको थियो । चाहेरै पनि नजिक आउने हिम्मत गरिनँ ।
साँच्ची बहिनी, बेलायतको बसाई पक्कै रमणीय र अविस्मरणीय रह्यो होला । हामी त यस्तै छौं । चिसो सिरेटो, हिमपात, तातोचिसो, घामपानी केही नभनी दिनचार्य गुजार्नमै व्यस्त छौं । खानाकै लागि बाँचेको हो कि ? बाँच्नको लागि खाएको हो ? छुट्ट्याउनै नसक्ने मोडमा जीवन अल्झिएको छ ।
शुभ साइतमा सोध्न पनि सकिएन फेरि कहिले आउनुहुन्छ भनेर । तर माध्यमताको रसी नफैंलाई दिने मेरो मित्रहरुसॅंग मैत्रिक गुनासो पोख्ने गरेको छु । जसु बहिनीसॅंग परिचय गराइदिनुभएन । न त शिरफूल लाउन नजिक आउन पाएँ । बहिनीलाई हिँड्ने बेला हाम्रो परम्परा चल्तीको च्यागी लगाउँदा गरिने पछ्यौरी बाटोमा तेर्साउन पनि पाइएन । एयरपोर्टमा बिदाईको हात हल्लाउने त दुरको कुरा त्यो पनि पाइएन । अब यस्तो अवसर हामीजस्तो अन्जानीको लागि कहिले आउला ?
हैन, छ बेला लाग्छ । घाम भनेरै बस्नु उचित होला भन्दै गनथनको विट मार्दै कलमबाटै बिदा हुनेतिर लागें । जहाँ र जे गरिरहनु भएको छ । धेरै राम्रो गरिरहनुभएको छ । अझै धेरै शुभकामना छ । हाम्रो परिचयको ढोका खोल्नलाई दरिलो माध्यम नै चाहिने हो ? या तपाईंको अनुमति लिएर नै सम्पर्क गर्ने होला यो प्रश्नले मलाई जिस्काइरहन्छ ।
एक शुभ चिन्तक र शुभेच्छक भएर यी सब लेखें । अन्यथा नलिइदिनु हुन नम्र अनुरोध गर्दछु । तपाईंको हरेक समय पल शुभरहोस् । जीवन सप्तरंगीनमय रहोस् बिदा हुन्छु ।
उही गनथने अन्जानी
शुभचिन्तक रक गुरुड, लन्डन