Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • सिन्धुलीगढी युद्धका नायक वंशु गुरुङको तस्बिर अंकित हुलाक टिकट प्रकाशन
सिन्धुलीगढी युद्धका नायक वंशु गुरुङको तस्बिर अंकित हुलाक टिकट प्रकाशन
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बिहीबार, चैत २८, २०८१

काठमाडौँ । पहिलोपटक अंग्रेज फौज परास्त गरेर नेपाली भूगोलको रक्षा गर्ने सिकारी सरदार वंशु (वंश) लेम गुरुङको तस्बिर अंकित हुलाक टिकट प्रकाशन भएको छ । 

१८२४ असोज १५ गते भएको सिन्धुलीगढी युद्धमा अंग्रेज फौजलाई पराजय गरेर बचाएर नेपालको अस्तित्व जोगाउन योगदान दिएको भन्दै हुलाक सेवा विभागले उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको हो । 

हुलाक टिकट प्रकाशनको माग गर्दै सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए । मन्त्रालयले चैत १७ गते वंशुको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । 

हुलाक सेवा विभागद्वारा आयोजित एक समारोहबीच सञ्चारमन्त्री गुरुङले टिकटमा टाँचा लगाएर सार्वजनिक गरे ।  

tiket-1744297415.jpg
सिन्धुलीगढीमा अंग्रेजसँग भएको युद्धमा गोर्खाली फौजको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै सिकारी सरदार वंशु (वंश) गुरुङले अंग्रेज फौज परास्त गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विश्वमा पहिलोपटक पराजय भोगेको सिन्धुलीगढी युद्धका नायक सिकारी सरदार वंशु (वंश) गुरुङको योगदानको सम्मान गर्दै उनको तस्बिर अंकित १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरेको हो । 

लमजुङको कपुर गाउँमा जन्मिएका सिकारी सरदार वंशु (वंश) गुरुङ बसाई सरेर तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुर पुगेका थिए । उनी लेम (लाम्छाने) खलकका हुन् । 

हुलाक टिकटकमा टाँचा लगाउँदै मन्त्री गुरुङले सिकारी सरदार वंशु (वंश) गुरुङले नेपालको भूगोल बचाउन अतुलनीय योगदान गरेको चर्चा गर्दै राष्ट्रिय विभूति घोषणाका लागि योग्य व्यक्तित्व भएको बताए । 

बेलायती साम्राज्यवादलाई तत्कालीन अवस्थाको संसारमा कसैले हराउन नसकेको अजय शक्ति सिन्धुलीगढी युद्धमा पराजित भएको भन्दै मन्त्री गुरुङले सिन्धुलीगढीको युद्धलाई अनुपम र ऐतिहासिक बताउन वीरयोद्धा वंशु गुरुङहरूको भूमिका सराहनीय रहेको स्पष्ट पारे । 

सो अवसरमा मन्त्रालयका सचिव राधिका अर्याल, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी, सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्षलाई सरकारको तर्फबाट सम्मान समेत गरिएको थियो । प्रतिष्ठानको तर्फबाट आफ्नो पुर्खाको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेकोमा आभार व्यक्त गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । 

489776016_1046295894008744_7534320208634390374_n-1744297464.jpgविश्वमा कहिल्यै नहारेको अंग्रेज फौजलाई परास्त गर्न योगदान गरेका सिकारी सरदार वंशुलाई नेपाल बचाउने बाजे भनेर समेत चिनिन्छ । उनको योगदानलाई चिरस्थायी बनाउन वंशुका सन्ततिले तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरमा २०७६ सालमा सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान गरेका छन् । सो प्रतिष्ठानले ढोर जस्पुरमा २०७८ सालमा वंशुको अर्धकदको सालिक समेत निर्माण गरेका छन् । 

त्यस्तै युद्धस्थल सिन्धुलीगढीमा नेपाल सरकारबाट पूर्ण कदको सालिक निर्माण गर्नुका साथै युद्ध संग्रहालय समेत निर्माण गरिएको छ । आफ्ना पुर्खाको सम्मानका लागि प्रतिष्ठानले हरेक वर्षको असोज १५ गते सिन्धुलीगढी विजयोत्सव ढोर जस्पुरमा मनाउँदै आएको छ ।

त्यस्तै, सिन्धुलीगढीमा आयोजना गरिने विजयोत्सवमा हरेक वर्ष उत्साहजनक सहभागिता जनाउँदै आएको छ । त्यस्तै, बेलायतमा बसोबास गर्ने वंशुका सन्ततिले प्रतिष्ठानको बेलायत शाखा गठन गरेर भव्य रूपमा आयोजना गरिने नेपाली मेलामा वंशुका योगदान झल्कने प्रदर्शनी गर्दै आएको संयोजक लेख गुरुङले जानकारी दिए ।


प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप मातृभूमि नेपाल
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन आइतबार, जेठ ११, २०८२
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै आइतबार, जेठ ११, २०८२
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि शनिबार, जेठ १०, २०८२
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार शुक्रबार, जेठ ९, २०८२
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र बिहीबार, जेठ ८, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्