अल्डरसट । अल्डरसट भलिबल क्लबको अध्यक्षमा विकास बिक चयन भएका छन् ।
तमुधिं भवन मिचेटमा यही ८ अक्टोबर २०२२ का दिन निवर्तमान अध्यक्ष स्वर्ग गुरुङको सभापतिमा भएको क्लबको चौथो वार्षिक भेटघाट तथा साधारणसभाबाट बिकको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विमल गुरुङ, शैलेश राई, सचिवमा विजय राना, उपसचिवमा तारा थापा, कोषाध्यक्षमा महादेव गुरुङ र उपकोषाध्यक्षमा जापान गुरुङ चयन भएका छन् ।
विकास गुरुङ, प्रकाश सोमाइ, हेमराज राई, मेष पुन, प्रथम गुरुङ, सन्तोष गुरुङ, जीवन गुरुङले सदस्यको जिम्मेवारी पाएका छन् ।
यस्तै खेल संयोजकहरुमा गोकुल राई, योगेश राई, मनोज डिसी, टिम कप्तान विशाल थापा, खेल प्रशिक्षक स्वर्ग गुरुङ र खेल प्रबन्धक चन्दन गुरुङ चयन भएका छन् ।
सभाबाट संरक्षक र सल्लाहकार समेत चयन गरिएको थियो । संरक्षकमा एनआरएनए यूकेका प्रमुख संरक्षक शेरबहादुर सुनार र तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ चयन भए । सल्लाहकारहरुमा चन्दन गुरुङ, संस्थापक अध्यक्ष डोल श्रीष, स्वर्ग गुरुङ, श्री पुर्जा, तेज सोमाई र राम गुरुङ छन् ।
साधारणसभामा निवर्तमान सचिव शैलेश राईले क्लबको गतिविधिहरु बुँदागतरुपमा राखेका थिए भने कोषाध्यक्ष बिमल गुरुङले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएकी गायिका गीता पाइजाले भरपुर मनोरञ्जन दिलाएकी थिइन् । सहभागी अतिथिलगायत सम्पूर्णलाई पानस रेस्टुरेन्ट अल्डरसटले खानाको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
सन् २०१६ मा स्थापना भएको यस क्लबमा अल्डरसटका युवाहरु सहभागी छन् । क्लब विगत ४/५ वर्षदेखि विभिन्न प्रतियोगितामा र च्यारिटीहरु सहभागी हुँदै आएको छ । क्लबमा अल्डरसटमा रहेका विभिन्न व्यवसायी तथा अगुवाहरुले साथ दिएका छन् ।