बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने गोर्खा मिडिया संवाददाता

लन्डन २४ जनवरी । विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (FCDO) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् । बेलायती दूतावास खुला रहनेछ र युक्रेनमा रहेका बेलायती नागरिकहरूलाई कन्सुलर सहयोग र…

नेपाली समाज यूकेको अध्यक्षमा उम्मेदवारी दिने बसुन्धरा राईको घोषणा गोर्खा मिडिया संवाददाता

लन्डन २४ जनवरी । नेपाली समाज यूकेको आगामी १३ फेब्रुअरीमा हुने चौथो अधिवेशनमा वर्तमान सहअध्यक्ष बसुन्धरा याक्खा राईले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । महिलाको नेतृत्वमा पार्टीलाई नमुना बनाउने उद्देश्यले उनले पार्टीको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । आफू निर्वाचित…

धम्पुस पोखरी घोताने परिवार यूकेद्वारा मिर्गौलापीडित विश्वकर्मालाई ८ लाख ८९ हजार सहयोग गोर्खा मिडिया संवाददाता

लन्डन २३ जनवरी । कास्की माछापुच्छ्रे गाउँपालिका -७, धम्पुस निवासी मिर्गौलासम्बन्धी रोगबाट पीडित ३८ वर्षीया कुमार विश्वकर्मालाई बेलायतबाट ८ लाख ८९ हजार रुपैयाँ सहयोग पठाइएको हो । धम्पुस पोखरी घोताने परिवार यूकेको नेतृत्वमा संकलित सहयोग रकम गत मंगलबारका दिन पीडित विश्वकर्मालाई औपचारिक रुपमा हस्तान्तरण गरिएको…

मताधिकारको सुनिश्चितताको लागि प्रवासी नेपाली मञ्चले सरकारको ध्यानाकर्षण गराउने गोर्खा मिडिया संवाददाता

काठमाडौं ७ माघ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले विदेशमा बस्ने नेपालीलाई यथास्थानमा मतदानको व्यवस्था गर्न माग गर्दै नेपाल सरकार र विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा ज्ञापन पत्र बुझाउने भएको छ । सर्वोच्च अदालतले २०७४ चैतमा विदेशमा रहेका नेपाली नागरिकलाई यथास्थानबाट मतदान गर्ने व्यवस्था मिलाउन…