‘सोल अफ द कमान्डो’ फिल्मका मुख्यपात्र ग्रयान्ड मास्टर राजकुमार राई

गोर्खा मिडिया संवाददाता
 
 
 

लन्डन २२ जुन २०२२ । ग्रयान्ड मास्टर राजकुमार राई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रसिद्ध तेक्वान्दो खेलाडी हुन् । उनी ७औं डिग्री तेक्वान्दो ब्लाकबेल्ट हुन् । प्रारम्भिक दिनहरुमा उनी शौखिन खेलाडी थिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै खेलहरुमा धेरै पदकहरु जितेका छन् ।

१९८४ सालबाट नै अन्तर्राष्ट्रिय च्याम्पियनसीप जित्न सफल भएका उनी नेपाल र हङकङको प्रतिनिधित्व गरेर धेरै पदक पनि हासिल गरिसकेका छन् । ब्रिटिस आर्म फोर्सेस तेक्वान्दो च्याम्पियनसीप, हङकङ नेसनल तेक्वान्दो च्याम्पियनसीप, एसियन तेक्वान्दो च्याम्पियनसीप, एसियन गेम, विश्व तेक्वान्दो च्याम्पियनसीप, साफ गेमहरुमा बेजोड प्रतिभा देखाएर देशको नाम चिनाएका छन् ।

नेपाल, हङकङ, फिलिपिन्स, दक्षिण कोरिया, पाकिस्तान, स्पेन, ईरान र अन्य देशहरुमा गई खेल जितेको थुप्रै रेकर्डहरु छन् । १९९९ सालको साफ गेममा स्वर्ण पदक, १९८४, १९८५, १९८७ र १९८८ सालमा लगातार ब्रिटिस आर्म फोर्सेस तेक्वान्दो च्याम्पियनसीप स्वर्ण पदक जितेको इतिहास छ । र अरु गेमहरु पनि धेरैनै जितेका छन् ।

ग्रयान्ड मास्टर राई खेलकुदबाहेक चलचित्र क्षेत्रमा प्रवेश गरिसकेका छन् । ‘द कमान्डो’ फिल्ममा मुख्य पात्रको भूमिका निभाएका छन् । २००२ सालदेखि Canadian National Actor Association film का सदस्य पनि हुन् ।

। राई ऐमेच्योर बडीबिल्डर पनि हुन् । धर्मश्री नेपाल बडिबिल्डिङ च्याम्पियनसीप १९९९ मा रजत पदक हासिल गरेका थिए । खेल क्षेत्रमा राईले पुर्‍याएको निरन्तर लगावलाई देखेर नेपाल सरकारले गोरखा दक्षिण बाहुबाट विभूषित गरेको छ ।

ग्रयान्ड मास्टर राई अभिनीत नेपाली कथानक चलचित्र ‘Soul of The COMMANDO’को यूकेमा प्रिमियर शो हुँदैछ । बेलायती सेनामा कार्यरत गोर्खा सैनिकहरुको जीवन कथामा आधारित रहेर तयार पारिएको चलचित्र अगस्ट २७ मा यूकेको प्रिन्सेस हलमा प्रदर्शन हुने आइतबार अल्डरसटको ‘द प्यालेस’मा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनको संयोजन गर्दै नेपाल चलचित्र कलाकार संघ यूके (FAAN)की अध्यक्ष रोमियन लिम्बुले गोर्खाहरु को हुन् ? उनीहरुले विश्वमा के कस्ता योगदानहरु गरे भन्ने विषय चलचित्रको कथावस्तुमा समेटिएको जानकारी दिइन् । उनले २७ अगस्टमा प्रिन्सेस हलमा चलचित्र हेर्न जान/आउन आग्रह गरिन् ।

पत्रकारहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्रबाट सकंलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जानकारी दिए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका अग्रज विनोद मानन्धर तथा बेलायतस्थित विभिन्न संघसंस्थाका अग्रज तथा प्रतिनिधि, नेपाली सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु, चलचित्रमा अभिनय गरेका कलाकारहरु उपस्थित थिए ।

चलचित्रमा पूर्वगोर्खा सैनिक राजकुमार राई मुख्य कलाकारको भूमिकामा छन् । उनी उक्त चलचित्रका Action Actor हुन् । त्यस्तै चलचित्रमा राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बु र उनकी छोरीको मुख्य अभिनय छ ।

चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई र निर्माता मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् । निर्माता प्रस्तुतिकर्ता विजया राई, रवि थापा, धन लिम्बु, मिलन राई रहेका छन् भने फिल्म सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको हो । छायांकन दिर्घ गुरुङ, द्वन्द्व एनबी महर्जन, गायक राजेश पायल राई, गायिका बबिना किराती, संगीत सन्तोष दुमी, आनन्द राई छन् ।

फिल्म प्रदर्शनको आयोजकमा रामकुमार राई, फानकी अध्यक्ष रोमियान लिम्बु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.