इन्टेक १९८५ को वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, मगर र परियारको बेजोड प्रस्तुति

बेन गुरूङ
 
 
 

लन्डन २१ जुन २०२२ । इन्टेक १९८५ को वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

अल्डरसटस्थित कर्नाेट स्कुलमा जुन १८ का दिन इन्टेक १९८५ को कार्यक्रम सम्पन्न भएको हो । दिउँसो करिब ३ बजे सुरु कार्यक्रममा श्रीप्रसाद लिम्बुले हेल्थ एन्ड सेफ्टीबारे ब्रिफिङ गरेका थिए । उपाध्यक्ष राम गलामीले स्वागत मन्तव्य दिएका थिए ।

महासचिव विजय गुरुङले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष एवं गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका संरक्षक शेर सुनारले शुभकमना मन्तव्य दिएका थिए । उनले ४० अौ वर्षगाँठ पोखरा वा धरान कहाँ मनाउने भन्दै सुझाव मागेका थिए ।

कार्यक्रममा नयाँ कार्यसमितिका तीर्थ शाही, बेन गुरुङ, सूर्य गुरुङ, श्रीप्रसाद लिम्बु र मणी राईलाई अध्यक्ष पिताम्बर रानाले खादा लगाई स्वागत गरेका थिए ।

यस्तै चितवन समाजका अध्यक्ष मित्रबहादुर गुरुङ र किरात याक्थुङ चुम्लुङ बेजिङस्टोक शाखाका अध्यक्ष चन्द्र लिम्बुलाई खादा लगाई सम्मान गरिएको थियो । त्यस्तै व्यापार व्यवसायमा उपलब्धि गरेका नम्बर भूतपूर्व अध्यक्ष राजन क्षेत्री, विष्णु गुरुङ, तुलसी गुरुङ, धिरेन चेम्जोङलाई पनि सम्मान गरिएको थियो ।

६७८४ तेजबहादुर गुरुङका छोरा तेजनले सगरमाथाको सफल आरोहण गरेको खुशियालीमा उनले संस्थालाई १०० पाउन्ड सहयोग गरे ।

कार्यक्रममा करिब २ घण्टा नेपालबाट आएका मोडल तथा डान्सर रीना थापा मगरले सबै अथिति, दर्शकलाई नचाएका थिए । त्यस्तै चर्चित लोक तथा दोहोरी गायिका शान्तारानी परियारले मीठा मीठा गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएकी थिइन् । त्यस क्रममा राफल ड्र समेत आयोजना गरिएको थियो ।

स्वादिष्ठ खानाको प्रबन्ध ओजनले गरेको थियो । त्यस्तै अन्तमा अध्यक्ष रानाले कार्यक्रममा सहभागी भएर सफल पारिदिनुभएकोमा सबै अतिथि, दर्शकलाई धन्यवाद दिनुका साथै कार्यक्रम समापनको घोषणा गरेका थिए ।