भूपेन्द्र गुरुङ निर्देशित चलचित्र ‘कप्टी’ बेलायतमा पहिलो पटक प्रदर्शन

गोर्खा मिडिया संवाददाता
 
 
 

काठमाडौं । भूपेन्द्र गुरुङ निर्देशित चलचित्र ‘कप्टी’ बेलायतमा पहिलो पटक प्रदर्शन भएको छ ।

लमजुङ ज़िल्लाको डाँडाथोक र सोलुखुम्बुको जुबुमा छायांकन गरिएको नेपाली कथानक चलचित्र ‘कप्टी’ डाँडाथोक युंग्री समाज यूकेको संयोजनामा आइतबार १९ जून २०२२ को अपराह्न सामुयल कोडी स्पोर्टस् कलेज फार्नबोरोको मुख्य हलमा पहिलो पटक प्रदर्शन भएको हो । चलचित्र प्रदर्शनको शुभमूहर्तमा भूतपूर्व प्रधानाध्यपक गीतकार, साहित्यकार, बेलायतका विभिन्न संघसंस्थामा आबद्ध रहेका सामाजिक अभियन्ता एकेन्द्र गुरुङको विशेष उपस्थितिमा भएको थियो ।

चलचित्र निर्माता तथा पटकथा लेखक र निर्देशक भूपेन्द्र गुरुङ र विशेष अतिथि एकेन्द्र गुरुङद्वारा पानसमा दीप प्रज्ज्वलन गरिएको थियो । परशु गुरुङले उद्घोषण गरेको कार्यक्रममा पूर्णराज गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

परशु गुरुङले निर्देशक भूपेन्द्र गुरुङको छोटो जीवनी सुनाएका थिए भने भूपेन्द्र गुरुङले चलचित्रबारे छोटो मन्तव्य पनि राखेका थिए । चलचित्र प्रदर्शनपश्चात् दर्शकहरुले चलचित्रबारे सकारात्मक प्रतिक्रिया दिएका थिए ।