मगर संघ यूकेका संरक्षक थापामगरलाई पोखरामा सम्मान

गोर्खा मिडिया संवाददाता
 
 
 

कास्की १० मे २०२२ । मगर संघ यूकेका संरक्षक एवं गोर्खा मिडियाका सल्लाहकार घनबहादुर थापामगरलाई पोखरामा सम्मान गरिएको छ ।

बुबाआमाको ८४ पूजा र अन्य कामका लागि नेपाल आएका थापामगरलाई सोमबार मे ९ का दिन मगर संघ भवन पोखरामा आयोजित कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघ समन्वय समिति कास्कीले स्वागत तथा सम्मान गरेको हो । संस्थाकी अध्यक्ष सरिता सारु मगरले घनबहादुर थापामगरलाई टीका लगाइँदिँदै माला, फेटा र मायाको चिनो प्रदान गरेकी थिइन् ।

अध्यक्ष सारु मगरले नै स्वागत मन्तव्य राख्दै संस्था गतिविधिबारे संक्षिप्तमा जानकारी गराएकी थिइन् ।

सचिव सुरेश राना मगरले सञ्चालन गरेको कार्यक्रममा संरक्षक थापामगरका ८४ वर्ष पुगेका बाबा गणेश बहादुर थापा र गनीमाया थापालाई पनि स्वागत गरिएको थियो ।

सम्मान ग्रहणपछि संरक्षक थापाले धन्यवाद र सहयोग गर्ने वाचा गर्दै आफ्नो कृतिहरु र गीति सीडी, संग्रहहरु उपहार दिएका थिए । उनले आफ्नो बुबा आमाको ८४ पूजा टेलिभिजन कार्यक्रम इन्द्रेणीमा मनाउँदै दुखी, गरिबका लागि सहयोग समेत हस्तान्तरण गरे ।

अन्त्यमा संस्थाका सदस्य रेशम थापामगरलगायत सबै जनाले सालैजो गीत गाएर मनोरञ्जन गराउँदा ८४ वर्षीय गणेशबहादुर थापासहित सहभागी खुसीले नाचेका थिए । कार्यक्रम सचिव सुरेश राना मगरले नै समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.