महावीर पुनको संस्थालाई बेलायतमा मामा भान्जा बास्केटबलको १ हजार पाउन्ड सहयोग

गोर्खा मिडिया संवाददाता
 
 
 

लन्डन ९ मे २०२२ । मामा भान्जा बास्केटबल परिवार साउथ इस्ट लन्डनले राष्ट्रिय आविष्कार केन्द्रलाई १ हजार पाउन्ड सहयोग गरेको छ ।

बेलायत भ्रमणमा रहेका आविष्कार केन्द्रका सञ्चालक एवं नेपाली युवा वैज्ञानिक महावीर पुनलाई शनिबार हस्तान्तरण गरिएको हो । सहयोग रकम केही व्यक्तिगत र बास्केटबल फन्डबाट गरी प्रदान गरिएको सहयोग दाताले जनाएका छन् ।

प्लमस्टिडका मामा-भान्जा बास्केटबल परिवारका डीबी लामाको सक्रियतामा २३ अप्रिल २०२२ मा महावीर पुनलाई लन्च कार्यक्रमसहित स्वागत सम्मान र आविष्कार केन्द्रलाई सहयोग गरिएको जनाइएको छ ।

मामा भान्जा परिवार एक दशकदेखि हरेक हप्ता बास्केटबल खेलिँदै आएको छ । परिवारमा १८ वर्षका युवादेखि ६५ वर्षभन्दा माथिका मामाहरुबीचको खेलसँगै सामाजिक काम पनि सक्रियम रुपमा गर्दै आएको छ ।

हरेक हप्ता बास्केट बल खेल्न मन पराउने उक्त परिवार विदेशमा रहेर पनि सधैं आफ्नो मातृभूमिप्रतिको हितका लागि क्रियाशील रहेको छ । भविष्यमा पनि उक्त राष्ट्रप्रेमी परिवारबाट देशका लागि सक्दो सहयोग गरिररहने प्रतिबद्धता रहेको माइला कान्छा अभियानकी अभियन्ता पार्वती गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.