पूर्वगोर्खा सैनिक कमल गुरुङ काउन्सिलरमा निर्वाचित

गोर्खा मिडिया संवाददाता
 
 
 

लन्डन ६ मे २०२२ । पूर्वगोर्खा सैनिक कमल गुरुङ काउन्सिलरमा निर्वाचित भएका छन् ।

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीबाट बार्नेट काउन्सिलमा उम्मेदवार बनेका गुरुङ काउन्सिलरमा निर्वाचित भएका हुन् । उनी पहिलोपटक काउन्सिलर बनेका हुन् । उनले २ हजार ३७७ मत पाए । दुई जना निर्वाचित हुने सो वडाबाट लेबर पार्टीका अर्का उम्मेदवारले जितेका छन् ।