बेल्जियममा नेपाली नौमती पञ्चेबाजेको शुभारम्भ

गोर्खा मिडिया संवाददाता
 
 
 

बेल्जियम ४ मे २०२२ । नेपाल कलाकार संघ (ऐना)ले बेल्जियमको लुभेनमा नेपाली पञ्चेबाजा तथा नौमती बाजाको शुभारम्भ गरेको छ ।

नौमती बाजा समूह युरोपमा पहिलो स्थापना र संचालनमा औपचारिक कार्यक्रम गरी नेपाली पञ्चेबाजा तथा नौमती बाजा उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि एवम् बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले विदेशी भूमिमा पनि नेपालको कला-संस्कृति संरक्षणका लागि ‘ऐना’ले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै देश चिनाउने यस्ता सुकर्मलाई निरन्तरता दिन आग्रह गरे । पञ्चेबाजा तथा नौमती बाजाले प्रवासमा नेपालको मौलिकता प्रवर्द्धन गरेकोमा आफू अत्यन्त खुसी भएको भन्दै उनले यो बाजा प्रवर्द्धनका लागि दूतावासले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

यस्तै विशेष अथितिमा लोकल ताउव बेल्जियम लुभनका मेयर थिए । उनले नेपाली कम्युनिटीको यस्ता कार्यले स्थानीय अन्य समदायसँग राम्रो सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विशेष अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्गबहादुर केसीले ‘ऐना’ले प्रवासमा पनि नेपाली मौलिक संस्कृति जगेर्ना गरेकोमा खुसी व्यक्त गर्दै यो कार्यलाई निरन्तरता दिन सुझाव दिए । अर्का अतिथि नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमु निरौलाले प्रवासमा मानिसले यान्त्रिक रूपले समय गुजारिरहेको अवस्थामा पनि पञ्चे बाजा प्रवर्द्धनका लागि ऐनाले खेलेको भूमिका सराहनीय भएको भन्दै आगामी दिनमा अझ बढी व्यवसायिक रूपले अगाडि बढ्न सुझाव दिए ।

बेलायतबाट सहभागी विशेष अथिति प्रथम नौमती बाजा गुल्मी यूके समूहका प्रमुख ओम थापा काउचाले यसबीचमा नौमती बाजाको विषयमा विशेषता र नेपाल बाहिर पहिलो नौमती समूहको स्थापना गर्दाको आफ्नो विगत र आज आएर विश्वमा यस नौमती बाजाको विकास र संचालनमा आएको देख्दा गौरव गर्दै विश्वका नेपाली सबै जन्मभूमि राष्ट्र निम्ति पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन यस्तै कुनै न कुनै ठाउँबाट राजदूतको भूमिका खेलौ भन्दै आफ्नो कला कल्चरलाई प्रिजव गर्नु यस नौमती बाजाको छुट्टै महत्व हुनेछ ।

विशेष सबै नेपाली समुदायहरूले नौमती समूहहरूलाई प्रोत्साहन र सहयोगको खाँचो भएको भन्दै एसईएनएए पन्चेबाजा समूहलाई यसरी युरोपमा पहिलो स्थापना र सन्चालनमा लिएकोमा र प्रथम नौमती बाजा गुल्मी यूके समूहलाई विषय सम्मान गरेकोम विशेष धन्यवाद आभार प्रकट गरेका थिए ।

युरोप नेपाल कलाकार संघका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम पुनले नेपालमा समेत लोप हुँदै गएको पञ्चेबाजा (नौमती)कोसंरक्षण, उत्थान तथा प्रचारप्रसार गर्नका लागि आफूहरूले निकै प्रयत्न गर्नुपरेको उल्लेख गर्दै आगामी दिनमा यो बाजा विवाह, ब्रतबन्ध, जन्मोत्सव लगायतका शुभकार्यमा व्यवसायिक रूपले बजाउन सकिने जानकारी दिए । अध्यक्ष पुनले नेपाल कला-संस्कृतिको धनीदेश भएकोले नेपालमा रहेका कला संस्कृति विदेशमा, खासगरी युरोपमा आफूहरूले संरक्षण र सम्वर्द्धनका लागि जमर्को गरेको बताउँदै यसमा सबैले सहयोग गर्न आग्रह गरे । पुनले आगामी दिनमा पञ्चेबाजा तथा नौमतीबाजा शुभ कार्यलगायत चाडपर्व एवम् अन्य कार्यक्रमहरूमा बजाउन सकिने बताए ।

उक्त अवसरमा नेपालदेखि बाहिर पहिलो नौमती बाजा स्थापना सन्चालनमा लिएका प्रथम नौमती बाजा गुल्मी युके समुहका प्रमुख संयोजक तथा गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हाल टष्ट्री सल्लाहकार ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष साथै गैरआवासीय नेपाली संघ बेलायतका सल्लाहकार समाजसेवी ओम थापा काउछा र समूहका सक्रिय सदस्य पदम गुरुङलाई विशेष अथितिमा निमन्त्रणामा सहभागी थिए ।

उनीहरुले प्रथम नौमती समूह यूके समूहले बेलायत युरोपमा पुर्‍याएको अतुलनीय कार्य र उनीहरूकै सल्ल्लाह र सुझावमा यहाँ बेल्जियममा पनी स्थापना गर्नु सफल भएको भन्दै विशेष सम्मानस्वररूप युरोनेपाल कलाकार संघका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम पुन र प्रमुख अतिथि एवम् बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारी बाहुली बाट ENAAपन्चेबाजा समुह र बेल्जियमवासीको तर्फबाट मायाको चिनोसहित सम्मान गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा ऐनाका वरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङले पञ्चेबाजा जनसमक्ष ल्याउन आफूहरूले चार वर्षअवधि खर्चिनु परेको अनुभव सुनाउँदै साथीहरूको निरन्तर प्रयासले यसलाई प्रवासमा स्थापित गर्न सकेकोमा अगामी दिनमा आफूहरूलेमनोरञ्जन तथा व्यावसायिक रुपमा समुदायसमक्ष प्रस्तुत गर्न सक्ने जानकारी गराए ।

कार्यक्रम सन्चालन युरो नेपाल कलाकार संघका सचिव संजय केसीले गरेका थिए । ‘ऐना’ संसारभरबाट बेल्जियममा आएर बसोबास गर्ने कलाकारहरूको साझा संगठन हो । यो संगठनले बेल्जियममा नेपालीकला, गीत संगीत र नृत्यको संरक्षण तथा सम्वर्द्धनको कार्य गर्दै आएको छ । यो संस्था सन् २००९ देखि बेल्जियममा क्रियाशील छ ।