दरौं गाउँको शिरैमा चिनारी गीत सार्वजनिक [भिडियो]

गोर्खा मिडिया संवाददाता
 
 
 

कास्की ३० अप्रिल २०२२ । डाइमन्ड बुद्धिस्ट सेन्टर यूकेका प्रमुख सल्लाहकार तथा सोपाल समाज यूकेका पूर्वअध्यक्ष राम गुरुङको शब्द सिर्जनामा दरौं गाउँको शिरैमा गीत सार्वजनिक भएको छ । मातातीर्थ औंसी ३० अप्रिल २०२२ (वैशाख १७ गते) यजम्रों इन्टरटेन्टमेन्टको यूट्युब च्यानलमार्फत गीतकार गुरुङका सासुआमा प्रेमकुमारी गुरुङले बटन थिचेर गीत रिलिज गरेकी हुन् । सोंपाल गाउँ अन्तर्गतको पर्यटकीय एवम् रमणीय प्राकृतिक सौन्दर्यले भरिपूर्ण दरौं गाउँलाई स्वदेश तथा विदेशमा चिनाउने उद्देश्यले  दरौं गाउँ गीत तयार पारिएको हो ।

राम गुरुङ र मिना गुरुङ निर्माता रहेको उक्त म्युजिक भिडियोमा संगीत संयोजक तेजेन्द्र गुरुङ,  स्वर गोबिन गुरुङ, रुवी गौलीले दिएका छन् ।
कलाकारहरुआनन्द गुरुङ र अनुता गुरुङ,  शृङ्गार राजकुमार गुरुङ,  छायांकन सन्देश गुरुङ, निर्माण नियन्त्रक तेजेन्द्र गुरुङ, सम्पादन/कलर प्रविन नेपाली, सहछायांकन गोरे गुरुङ, नृत्य निर्देशन पवित्र गुरुङ, निर्देशक कमलबहादुर गुरुङले गरेका छन् भने पोस्ट ह्वाइट लोटस स्टुडियो, पोखराले गरेको छ ।