गेसोका सभापति कृष्णकुमार राई माओवादी केन्द्रमा प्रवेश

गोर्खा मिडिया संवाददाता
 
 
 

काठमाडौं २ अप्रिल २०२२ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईलगायत दर्जनौं केन्द्रीय पदाधिकारी नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भूतपूर्व सैनिक संघ (क्रान्तिकारी) का अध्यक्ष पुरञ्जन राईले रातो टिका लगाई स्वागत गरेका थिए ।

गेसोका उपसभापति जितबहादुर राई, सचिव बुद्धिमान राईलगायत ८१ जनाले एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । त्यस्तै जनता समाजवादी पार्टी नेपालका सोलुखम्बु जिल्ला अध्यक्ष ज्ञान किराती पनि माओवादीमा प्रवेश गरेका छन् ।

भूपू गोर्खा सैनिकहरुको माओवादीमा प्रवेशले प्रतिक्रियावादीहरुलाई बलियो झापड दिएको अध्यक्ष प्रचण्डले बताए ।