तमुधिं युके, सहारा युकेलगायतका पाहुनाहरुलाई तमुधिं नेपालमा स्वागत, सम्मान

आकाश गुरुङ
 
 
 

पोखरा, ७ माघ । कोरोना १९ ओमीक्रोन भेरियन्टको कहरबीच बैदेशिक भूमिबाट घर बिदामा नेपाल आएका तमुधिं युके, सहारा युके लगायतका पाहुनाहरुलाई तमुधिं नेपालले शुक्रबार पोखरामा स्वागत, सम्मान र बधाई ज्ञापन गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा सञ्चालित २० औं संस्करणको आहा रारा गोल्डकपमा सहभागी हुने पोखरा आएका तमुधिं युकेका अध्यक्ष हित काजी गुरुङ, वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, तमुधिं यूके आमा समूहकी अध्यक्ष सीता गुरुङ, उपाध्यक्ष सन्ध्या गुरुङ, सहारा युकेका अध्यक्ष ले.रि कुसाङ गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, पूर्वअध्यक्ष मिन गुरुङलगायतलाई स्वागत सम्मान गरिएको हो । त्यस्तै सहारा एफसी यूके अध्यक्ष एवम् स्याङ्जाली समाजका अध्यक्ष शारदा गुरुङ, बगरभाइ खलक युकेका अध्यक्ष दिलरास गुरुङ, सार्दिखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ, कस्केली समाज अमेरिका/तमु परिवार न्युयोर्कका संस्थापक डम्बरजंग गुरुङ, तमुधिं नेपाल ट्होटें अक्षयकोषदाता एवम् गोर्खा स्मारक अध्यक्ष जंगबहादुर गुरुङ लगायतलाई तमुधिं नेपाल, तमु कलाकार संघ गण्डकी र जिफानले टीका, खादा, माला, फूल, फेटा, भाङ्ग्रा, घलेकबाट स्वागत सम्मान गरेका हुन् ।

यसरी नै तमुधिं युकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ र सहारा युकेका नवनिर्वाचित अध्यक्ष ले. रि. कुसाङ गुरुङलाई तमुधिं नेपाल र तमु कलाकार संघले सम्मान एवम् बधाई ज्ञापन गरेका थिए । तमुधिं नेपालका कार्यसमिति सदस्य सुरेन्द्र गुरुङ नेकपा एमाले कास्कीको १० औं अधिवेशनमा अन्नपूर्ण गाउँपालिकाबाट सर्वाधिक मतसहित निर्वाचित भएकोमा अध्यक्ष हुमबहादुर गुरुङले बधाई दिएका थिए ।

यस्तैगरी नै तमुधिं युकेको तर्फबाट तमुधिं नेपालका नवनिर्वाचित अध्यक्ष हुमबहादुर गुरुङ र एमाले कास्कीका जिल्ला सदस्यमा निर्वाचित सुरेन्द्र गुरुङलाई तमुधिं युकेका अध्यक्ष हित काजी गुरुङले सम्मान गरेका थिए ।

यसैबीच तमुधिं नेपालको भवन निर्माणका लागि तमुधिं युकेका अध्यक्ष हित काजी गुरुङ/सिता गुरुङले १ लाख ५ हजार, तमुधिं युकेले १ लाख, सहारा युकेका अध्यक्ष ले.कुसाङ गुरुङ/पञ्च गुरुङले १ लाख १ हजार, तमुधिं युके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले १ लाख १ सय, कस्केली समाज अमेरिका एवम् तमु परिवार न्युयोर्कका संस्थापक डमरजंग गुरुङ/बुद्धिमाया गुरुङले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।

यसरी नै तमुधिं युकेका अध्यक्ष हित काजी गुरुङले तमु कलाकार संघ गण्डकीलाई २५ हजार सहयोग गरेका थिए भने विभिन्न व्यक्तित्वहरुले कलाकार संघको आजीवन सदस्यता ग्रहण गरेका थिए ।

कार्यक्रममा तमुधिं युकेका अध्यक्ष हित काजी गुरुङले आफूहरुलाई पोखराको आगमनमा भव्य स्वागत, सम्मान, बधाई ज्ञापन गरेकोमा तमुधिं नेपाल लगायतलाई धन्यवाद व्यक्त गर्दै तमु समुदाय, समाजको अग्रगतिका लागि आफूहरुको सधैं साथ रहने बताए ।

तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सु.मे.श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य, तमु कलाकार संघ गण्डकीका कलाकारहरु गीत, दोहोरी गीत प्रस्तुत गरी मनोरञ्जन दिलाएको थियो भने संचालन तमुधिं नेपालकी महासचिव जुनाकुमारी गुरुङ र तमु कलाकार संघका संस्थापक शंकर बिरही गुरुङले गरेका थिए ।