बेलायतमा कमल गुरुङ बने काउन्सिलर पदका उम्मेदवार

गोर्खा मिडिया संवाददाता
 
 
 

लन्डन । बेलायतवासी नेपाली भूपू गोर्खा कमल गुरुङ काउन्सिलर पदका उम्मेदवार बनेका छन् । तमु समाज युकेका सल्लाहकार रहेका गुरुङले सन् २०२२को मे महिनामा हुन लागेको London Borough of Barnet को Burnt oak वडाको काउन्सिलर पदका लागि लेबर पार्टीबाट प्रत्याशी (उम्मेदवार) को  टिकट पाएका हुन् । उनको नेपाल घर भने माछापुच्छ्रे गाउँपालिका ल्वाङ घलेल (साखु) कास्की हो ।

युनिभर्सिटी अफ लन्डनबाट बीए र बीएसी अनर्स डिग्री गरेका बौद्धिक व्यक्तिका रुपमा परिचित गुरुङ सन् २००७ देखि बेलायतको लेबर पार्टीमा आबद्ध छन् । विगत १४ वर्षमा उनले झन्डै १० वटा स्थानीय संगठनहरुमा संलग्न रही काम गरेका छन् ।

काउन्सिलर पदका उम्मेदवार गुरुङ चुनावी प्रचारमा लागिसकेका तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए । उनले भने- ‘उहाँ सन् २०२२को मे महिनामा सम्पन्न हुन गइरहेको आसन्न स्थानीय निर्वाचनको प्रचार प्रसारमा लागिरहनु भएको छ । जित्नुहुन्छ भन्ने हामीलाई आशा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *