प्रेम गुरुङको संयोजनमा नयाँ गीत ‘आतग ङै माया’सार्वजनिक

गोर्खा मिडिया संवाददाता
 
 
 

काठमाडौँ । अमेरिकावासी कलाकार निर्माता तथा गीतकार प्रेम गुरुङको संयोजनमा गुरुङ गीत ‘आतग ङै माया’सार्वजनिक भएको छ ।

उक्त गीत ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानलमार्फत हालै सार्वजनिक गरिएको हो । गीतमा आवाज भने गायिका पवित्रा गुरुङ र तेजेन्द्र गुरुङले दिएका छन् । शब्द रचना मनोज गुरुङ र कुसुम गुरुङको रहेको छ तथा तेजेन्द्र गुरुङले संगीत भरेका छन् ।

कलाकार प्रेम गुरुङ, उर्मिला गुरुङ, विश्वातमा गुरुङ अभिनय निकै दमदार तथा मार्मिक देखिन्छ भने कलाकारहरुको अभिनयले पनि उक्त गीतको भिडियो निकै राम्रो बनेको आभाष दिएको छ । भरत गुरुङ CAMERA ASSISTANT, मा छन् भने बन्दे प्रसादको सम्पादन, मनाङ गुरुङको कोरियोग्राफीमा तयार गरिएको गीतको भिडियोलाई निर्देशन भुपेन्द्र गुरुङले गरेका छन् ।