क्या.रि. प्रेमबहादुर गुरुङको ८४ पूजा, विभिन्‍न संस्थालाई १४ लाख सहयोग

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन नोभेम्बर २२ । पुरानो घर धम्पुस पोखरी भई हाल बेलायतको अल्डरसट यूके निवासी ८४ वर्षीय क्याप्टेन रिटायर्ड प्रेमबहादुर गुरुङले नेपाल र बेलायतका विभिन्‍न संस्थालाई गरी १४ लाख सहयोग गरेका छन् ।

धम्पुस पोखरी घोताने परिवार यूकेको संयोजनमा नोभेम्बर २२ तारिख २०२१ आइतबार बुद्धिष्ट गुम्बा र एम्पायर हलमा भएको संयुक्त ८४ पूजामा क्या.रि. गुरुङले विभिन्‍न संघसंस्था, मठमन्दिर अनि गुम्बाहरुलाई करिब नेपाली रुपैयाँ १४ लाख  दान दिएको जानकारी गराएका हुन् । क्याप्टेन रिटायर्ड प्रेमबहादुर गुरुङको जन्म गण्डकी प्रदेश कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ धम्पुस पोखरी गाउँको एक्ले गहरामा हस्तवीर गुरुङ र कुसरा गुरुङको कोखबाट विक्रम सम्बत १९९६ भदौ महिनामा भएको थियो ।

आधारभूत शिक्षा गाउँकै स्कुलमा लिएका गुरुङको औपचारिक शिक्षा भने इन्डियाको ककेरा माध्यमिक विद्यालयबाट प्राप्त भएको थियो । गोरखपुरमा कक्षा ९ मा अध्ययनरत गर्दा गर्दै साथीभाइको सरसल्लाहमा इस्वी सम्वत १९५८ मा ब्रिटिस सेना पगलिहावामा भर्ती भए । ६जीआर पल्टनको पूर्वक्याप्टेन प्रेमबहादुर गुरुङ १९८३ साल ब्रुनाइबाट सेवा निवृत्त भए । सन् २०१० यता प्रेमबहादुर र पत्नी मनकुमारी गुरुङ यूकेको अल्डरसट बसोबास गरिरहेका छन् ।


क्या रि प्रेमबहादुर र उनकी श्रीमतीद्वारा आफ्ना प्रतिनिधिमार्फत सहयोग स्वरुप रकम प्रदान गरेका नेपालस्थित सामाजिक संघ संस्था, समाज तथा धार्मिक संस्थाहरुका नामावली यस प्रकार रहेको छन् ।
Donation list for Nepal:
1. Dhampus Pokhari Ghotane Pariwar (Nepal) – Rs 25,000
2. Dhampus Pokhari Ghotane Pariwar Aama Samuha (Nepal) – Rs 25,000
3. Dhampus Pokhari Ghotane Pariwar Chelibeti (Nepal) – Rs 25,000
4. Shree Sita Baraha, Aayar Bhayer Mandir, Dhampus Pokhari – Rs 25,000
5. Ngyo (Aal Dada) Park Dhampus Rs 50,000
6.. Bagar Samaj- Rs 25,000
7. Bindhyabasini Mandir Pokhara
– Rs 20,000
8. Shivalaya Mandir Moolpani Dhampus – Rs 60,000
9. Sahara Club Pokhara Academy – Rs 50,000
10. Sukhavati Gumba Gai Ghat – Rs 50,000
11. Buddha Arghun Sadan – Rs 50,000
12. Deep Gumba – Rs 50,000
13. Gopal Gumba – Rs 25,000
14. Gupta Gumba – Rs 25,000
15. Yamdi Gumba – Rs 25,000
16. Paaudur Gumba – Rs 25,000

त्यसैगरी भूपू क्याप्टेन प्रेमबहादुर गुरुङ र उनहाँकी श्रीमती मनकुमारी गुरुङबाट सहयोग स्वरुप रकम प्राप्त गर्ने युकेस्थित सामाजिक संघ संस्था, समाज तथा धार्मिक संस्थाहरुका नामावली यस प्रकार रहेको छन् ।
Donation list for UK:
1. Dhampus Pokhari Ghotane Pariwar UK – £500
2. Dhampus Pokhari Ghotane Pariwar UK Chelibeti – £500
3. Dhampus pariwar UK – £500
4. Dhampus Pariwar UK Chelibeti – £500
5. Dimond Buddhist Centre UK – £200
6. Buddhist Community Centre UK – £500
7. Tamu Dhee UK – £500
8. Buddhist Gumba Reading UK – £1005

Certificate of appreciation;
Pratham Gurung (Violinist) youth
Rasna Ghotane (Singer) Youth
Raisa Ghotane (Singer) Youth
Anusha Gurung – Youth
Nayandra Rai
Milan Tamu
Sabindra Kumar Gurung
Tau Ghotane

Leave a Reply

Your email address will not be published. Required fields are marked *