एनआरएनएको १० औं महाधिवेशन डिसेम्बर १९-२० सम्म [विज्ञप्ति]

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन नोभेम्बर १९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन आगामी डिसेम्बर १९-२० तारिखसम्म हुने भएको छ ।

अध्यक्ष कुमार पन्तले शुक्रबर विज्ञप्ति जारी गर्दै १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा आयोजना गर्ने र नयाँ कार्यसमिति नेतृत्वका लागि डिसेम्बर १५ तारिखमा तोकिएको जानकारी दिएका हुन् । संघको निर्वाचनको लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई विज्ञप्तिमार्फत अध्यक्ष पन्तले आग्रह गरेका छन् ।

संघमा भएको आन्तरिक विवादका कारण गत महिनाको लागि तय गरिएको एनआरएनएको १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्रअनुरुप स्थगित भएको थियो । परराष्ट्रमन्त्री नारायण खड्का र अध्यक्ष पन्तबीच भएको छलफल निष्कर्षमा पुगेपछि महाधिवेशनको मिति तय भएको उनले विज्ञप्तिमा उल्लेख गरेको छ ।