जिगेसाको दसैं-तिहारको शुभकामना आदान-प्रदान कार्यक्रम

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन अक्टोबर १२ । ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) ले दसैं-तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्‍न गरेको छ ।

कार्यक्रममा बेलायती समुदायका थुप्रै अतिथिहरुको उपस्थितिमा आइतबार १० अक्टोबर २०२१ मा वूलविच आर्टिलरी ब्यारेकको हलमा कार्यक्रम सम्पन्न गरिएको हो । जिगेसा अध्यक्ष हरिकुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचकी मेयर डेनिस हाँल्यान्ड, विशेष अतिथि प्रिन्स मुसिन अली खान र अध्यक्ष मल्लले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्रीनवीच मेयर हाँल्यान्डले दसैं, तिहारसहितका नेपाली पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिइन् । ग्रीनवीच बरोमा बस्ने पूर्वगोर्खाहरुको प्रतिनिधि संस्थाको रुपमा जिगेसाले प्रशंसनीय काम गरिरहेको उनले बताइन् । विशेष अतिथि प्रिन्स मुसिन अली खान अतिथिहरु रेमोन्द केंने (OBE), सुजन कटवाल, क्याप्टेन जेम्स, डले फोरवुडले शुभकामना मन्तव्य दिएका थिए ।

उपाध्यक्ष हीरा प्रसाद गुरूङले उपस्थित पाहुनाहरू सबैलाई शुभकामना दिँदै स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम महासचिव गम बहादुर गुरूङ र भावीका लोप्चनले संचालन गरेका थिए अतिथिको स्वागतमा कोषाध्यक्ष क्याप्टेन हरिबहादुर लिम्बु र निवर्तमान अध्यक्ष ओम प्रसाद गुरूङले गरेका थिए ।

कार्यक्रममा अन्य अतिथिका रुपमा वुल्लिच ब्यारेकका लेफ्टिनेन्ट कर्णेल ईटी टेलर, क्याप्टेन जेम्स र रेजिमेन्ट सार्जन मेजर एन्डी वर्ड, रेमन्ड केन (ओबिई), पानस गोर्खा रेष्टुरेन्टका सुजन कटुवाल, डेल फोरवुड, जेरी अनशन, डेविड बोललगायत आरजीएन यस अध्यक्ष जीतबहादुर राना भात, चार्लटन समाजको अध्यक्ष रेखा खरेल बुद्ध फाउन्डेशसनको अध्यक्ष दीपक श्रेष्ठ सेसीबाट याम रायलगायत विभिन्न संग संस्थाका अध्यक्षलगायत प्रतिनिधि पनि उपस्थिति रहेको थियो ।

त्यस अवसरमा उपस्थित अतिथिहरुलाई जिगेसाको तर्फबाट अध्यक्ष मल्लले मायाको चिनो वितरण गरेका थिए साथै आजीवन सदस्य ७ जना र सल्लाहकार सदस्य, कलाकारहरूलाई खादा ओढ़ाई सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रर्मको साथै मीठो गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा जिगेसाका सदस्य, अतिथि र स्थानीय नेपालीहरु गरी चार सय बढीको सहभागिता रहेको थियो ।

अन्तमा जिगेसाका अध्यक्ष हरि कुमार मल्लले प्रमुख अतिथि, विशेष अतिथि उपस्थित सम्पूर्ण दर्शकहरूलाई दसैंको शुभकामना दिँदै संस्थाको गतिविधिहरू प्रसूति गर्दै हर पाताबाट सहयोग गर्ने मित्रहरूलाई धन्यवाद दिँदै कार्येक्रम समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *