शेष घलेद्वारा एनआरएनए यूकेको कार्यालय उद्घाटन

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

अल्डरसट अक्टोबर ११ । गैरआवासीय नेपाली महासंघ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् प्रमुख संरक्षक शेष घलेले एनआरएनए यूकेको कार्यालय औपचारिक रूपमा उद्घाटन गरेका छन् ।

आइतबार भव्य समारोहबीच घलेले अल्डरसटस्थित एनआरएनए यूकेको नयाँ कार्यालय शुभारम्भ गरेका हुन् । करिब दुई महिनाको तयारीपश्चात कार्यालयको उद्घाटन गर्न आफूहरू सफल रहेको भन्दै एनआरएनए यूकेका प्रवक्ता एवम् कार्यालय व्यवस्थापन कार्यदलका संयोजक भरतमणि चोङवाङ लिम्बुले बताए । उनले अब एनआरएनएका भावी कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन गर्न सहजता आउने बताए ।

कार्यालय उद्घाटनपश्चात् बोल्दै मुख्य अतिथि घलेले बेलायत एनआरएनको महत्वपूर्ण स्तम्भ भएको बताए । उनले बेलायत, अमेरिका, अष्ट्रेलिया, जापानका अभियन्ता र परिषद्‌का कारण एनआरएनएले व्यापकता पाएको उल्लेख गरे । कार्यक्रममा नेपाली दूतावासकी नियोग प्रमुख रोशनी खनाल, एनआरएनए यूकेका प्रमुख संरक्षक शेरबहादुर सुनारलगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु उपस्थित थिए ।

उपस्थित अतिथिहरूलाई गुल्मी समाजका कलाकारहरूले पञ्चे बाजाले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *