दसैं आयो आमा..

कान्ति गुरुङ श्रेष्ठ
  •  
  •  
  •  

धानको लहलह बाला, सयपत्रीको मीठो सुवाससँगै फेरि यसपालि नि दसैं आयो आमा ।
अर्को वर्षको दशैमा पक्का आउँछु भन्दा भन्दै धेरै वर्ष बित्यो आमा ।

उन्यु कहिले फुल्ने हो, पैंयो कहिले पाक्ने हो भनी मनका चाहना पुर्‍याएर
दसैं तपाईंहरुका समिपमा मनाउने खै कहिले हो आमा ।
जति मेहेनतका पसिना बगाए पनि अझैसम्म पनि सुन फुलेन आमा ।

निधारभरी टिका, कानमा जमरा, आशीर्वाद, नयाँ नोट, नयाँ कपडा
सँगै पिङ खेल्दै, डुल्दै बिताएका ती बालापनका मिठा सम्झना सँगाल्दै
मनमनै गुन्दै यसपालिको दसैं पनि हुने भो परदेशमै

पैयो पाक्दा आउँछु भने , उन्यु फुल्दा आउँछु भनेँ
आज भोलि भन्दै कति ढाँट्ने यहाँ ।

हजुरहरुको माया र आशीर्वाद शिरमा राख्दै
यसपालि पनि बित्ने भो दसैं परदेशमै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *