कोरोना महामारीको सन्त्रास र सकस

एकेन्द्र गुरुङ
  •  
  •  
  •  

कोरोना भाइरस महामारी पहिलो पटक सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको हो । यसलाई पछि वैज्ञानिकहरुले कोभिड १९ भनेर नामकरण गरेको हो । वुहानबाट अन्य सहरहरुमा फैलिन नदिन सरकारले लकडाउन सुरु गरेको थियो । यो लकडाउन के हो ? लकडाउन किन गरेको ? सर्वसाधारणलाई कौतुहलता र जिज्ञासा भयो । मानिसहरु नानाथरीका कुरा गरिरहेका थिए । पश्चिमा मुलुकहरु वुहानमा भएको प्रकोप र महामारी केही नभएर चीनले अन्य मुलुकहरुलाई त्रसित बनाउन गरिएको कपोलकल्पित प्रचारका लागिमात्र हो भनेर वास्तविकता नबुझीकन नजरअन्दाज गरिरहेका थिए । लकडाउन वास्तवमा महामारीबाट बच्न अपनाइने सुरक्षा सतर्कता हो । लकडाउनको समयमा सबै किसिमका यातायात, कलकारखाना, सरकारी कार्यालय, विद्यालय, कलेज, व्यापारिक स्थल, सार्वजनिक सभा, समारोह सबै बन्द गर्नु हो । एउटा घरको मानिस अर्को घरमा जान नदिनु अर्थात् एकापसमा भेटघाट नगर्नु हो । जसले गर्दा एउटा मानिससँग भएको रोग अर्कोलाई नसरोस् । विश्व स्वास्थ्य संगठनले यो कोरोना भाइरस (कोभिड १९) महामारीबाट बच्ने उपाय भनेको संक्रमित व्यक्तिसँग नछुने, दुई मिटरको दुरी अपनाउने, करिब २० सेकेण्डसम्म साबुन पानीले हात धुने, हातमा स्यानिटाइजर लगाउने, नछुटाई मास्क लगाउने भनेर सुरक्षा सतर्कताको विधि सार्वजकि गरेको थियो ।

लकडाउन कहिले कुनै सहर अथवा क्षेत्रलाई लक्षित गरेर हुन्छ भने कहिले सिंगो देशलाई लक्षित गरेर पनि हुन्छ । लकडाउनको बेला सबै घरमा रहनुपर्छ । बाहिर कतै निस्किन पाइँदैन । यो कफर्यु (निषेधाज्ञा) जस्तै हुन्छ । यसलाई क्वारेन्टाइन भनिन्छ । १३४७–१३५१ मा एशियामा देखिएको ब्युबोनिक प्लेग जसलाई कालो मृत्यु (द्यबिअप म्भबतज० भनिएको थियो । पछि सारा संसारभरि फैलिएको महामारीले २० करोड मानिसको ज्यान लिएको थियो । यो महामारीको कारण घटेको युरोपको जनसंख्या पहिलेको जति हुन झण्डै दुई सय वर्ष लागेको इतिहासकारहरुको भनाइ रहेको छ । यो रोग बिरामीसँग सम्पर्क भएन भने सर्दैन अर्थात् बिरामीलाई छोएन भने संक्रमण हँुदैन भन्ने कुरा पुष्टि भएपछि पानी जहाजबाट आउने यात्रुहरुलाई बिरामी नभएको प्रमाणित गर्न ४० दिन एकान्तबास बस्नुपर्ने नियम बनाएको थियो । जसलाई क्वरान्टीनो भनियो अहिले भन्ने गरेको क्वारेन्टाइन यसको विकसित रुप हो ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सुरक्षा विधि अपनाउँदा अपनाउँदै पनि यो कोरोना महामारी चीनबाट इरान, इटली, स्पेन हुँदै युरोप र अमेरिकालगायत विश्वभरी नै फैलिन पुग्यो ।
अमेरिका, बेलायत लगायतका धनी र शक्तिशाली मुलुकहरु कोरोनाबाट नराम्रोसँग प्रभावित भए । यो आलेख तयार पार्ने बेलासम्म विश्वभरी २० करोड ३० लाख २० हजारभन्दा बढी मानिस कोरोनाबाट प्रभावित भएको जोन्स हकिन्स विश्व विद्यालयले पुष्टि गरेको छ । ८ मार्च २०२० बाट बेलायत सरकारले लकडाउनको मार्गचित्र घोषणा गरेको थियो । त्यसैले मानिसहरु एकापसमा भेटघाट हुन नपाउने, खाद्यान्नको पसलबाहेक पसल खोल्न नपाउने, सार्वजनिक यातायातको प्रयोग नगर्ने, विद्यालय, महाविद्यालय र विश्वविद्यालय बन्द गर्ने, सार्वजनिक सभा समारोह गर्न नपाइने नियम लागू भयो । यही बेला मिडिया विशेषगरी सोसल मिडियामा नानाथरी कुरा आउन थाले । जुन मानिसहरुमा भ्रम सिर्जना गर्ने र उत्तेजित पार्ने खालको थियो ।

उदाहरणको लागि बजारमा खाद्यान्न अभाव भएर भोकमरीको ठूलो संकट आउन सक्ने, अस्पतालमा बेडको अभाव, औषधिको अभाव भएर मानिसको क्षति अकल्पनीय हुने कुराले बजार तातिरह्यो । जसले मनमा एक खालको कौतुहलता (सन्त्रास) भैरहन्थ्यो । विस्तारै संक्रमित र मृतकको संख्या बढ्दै गएको सरकारी आँकडा सार्वजनिक हुन थाल्यो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन संक्रमित भएर अस्पताल भर्ना भएको कुरा मिडियामा हेडलाइन बनेर आयो, सामाजिक सञ्जाल मानिसहरुको मृत्युको खबरहरुले रंगिन थाले । बेलायतको नेपाली समुदाय पनि यो महामारीले नराम्रोसँग गाँज्यो । छोराछोरी भेट्न आएका बाबुआमा यतै थुनिए । उनीहरुलाई बेलायतमा कोरोना संक्रमणमात्रै भएन आपूmहरुलाई बेलायत घुमाउन ल्याउने छोराछारीलाई कोरोनाले चुँडाइ लगेको दर्दनाक घटनाहरु पनि भए । हामी सहजै अनुमान गर्न सक्छौं पितृ हुन लागेका बाबु आमालाई बुढेसकालमा छोराछारीको निधनले कस्तो दुखी बनायो भनेर । पुत्रपुत्री शोकको घाउ अत्यन्त पीडादायी हुन्छ । यो घाउ पुरिन धेरै समय लाग्छ । यस्तो पीडा जीवनभरलाई हुन्छ । त्यस्तै बेलायत घुम्न आएका बाबुआमा बीच पनि कसैको बाबुको त कसैको आमाको कोरोनाको कारणले देहान्त भएको खबर सुनिएको थियो । आखिर कसरी फर्के होलान् सँगसँगैको जीवनसाथीसँग विछोड भएर । यस्तै कोही घरमा बस्दा बस्दै डिप्रेसन हुने, आत्महत्या गर्नेजस्ता अकल्पनीय धेरै घटनाहरु देख्नुप¥यो, सुन्नुप¥यो । यो महामारीको समयमा पीडामात्रै होइन सुरुका दिनहरुमा अहिल्यै मरिहाल्छ कि, कोरोनाले भर्खरै ठहरै बनाइहाल्छ कि भन्ने डरलाग्दो, कहालीलाग्दो सन्त्रासले सबैलाई गिजोलीरह्यो । कारण यसको बारेमा कसैलाई पनि यथार्थ जानकारी भएन । घरमा एकजनालाई संक्रमण भयो भने परिवारको सबैजनालाई एकैपटमा संक्रमण हुन्छ । यसबाट बच्ने उपाय केही पनि हुँदैन । सबैको एउटै चिहान हुन्छ भन्ने नमीठो भ्रम थियो । कोरोना संक्रमणको पुष्टि भयो भने पनि अस्पताल नआउनु, सिटामोल खानु र घरमै रहनु, श्वास फेर्न नसकिने भयो भनेमात्र अस्पताल आउनु भन्ने स्वास्थ्य विभागको अनुरोेध हुन्थ्यो । कारण अस्पतालमा बिरामीको उच्च चापले गर्दा, बेड भरिएर कोरिडोरहरु पनि सबै बिरामीले भरिएकोले गर्दा हो भन्ने आममानिसको बुझाइ थियो ।

अस्पतालहरुमा अक्सिजन नपाएर बिरामीहरु छटपटिरहेका छन् । भेन्टिलेटरको बिरामी धेरै भएर डाक्टरले उमेर बढी पुगेका वृद्धवृद्धाको भेन्टिलेटर थुतिदिएर मर्नदिएको छ । किनभने बेलायतमा वृद्धभत्ता खानेहरु धेरै भएकोले सरकारले यसो गरेको हो भन्ने कुरा बजारमा धेरै सुनिन्थ्यो । एशियन र अफ्रिकनमुलका मानिसहरु बेलायतको तुलनामा कोरोनाबाट बढी संक्रमित हुन्छन् । संक्रमित भयो भने बाँच्ने सम्भावना पनि कम हुन्छ भन्ने डरलाग्दो हल्लाले बजार तातिरहन्थ्यो । हुन पनि रोगको प्रकृति र जटिलता ज्यादै निर्मम थियो र छ पनि । कारण संक्रमित बिरामीलाई हेरचाहको त के कुरा भेट्न नै पाइँदैनथ्यो । बिरामीलाई सेवा सुसार ग¥यो भने धेरै आत्मबल मिल्छ र रोगबाट छुटकारा पनि पाउन सकिन्छ भन्ने सामाजिक मान्यताको बाबजुद अस्पतालको बेडमा मृत्युसँग लडिरहेका आफन्तलाई एक अन्जुली पानी पनि दिन पाउँदैन थियो ।

हामीबाट सधैंको लागि बिदा भएको नमीठो खवर डाक्टरले फोनबाटै जानकारी गराउँथे । अन्त्येष्टिमा तोकिएको व्यक्तिहरुमात्रै सहभागी हुन पाउँथ्यो । दिवंगत आत्माको चिरशान्तिको कामनाका लागि छोराछोरीले दिनुपर्ने दागबत्ती पनि दिन पाउँदैनथे । जातीय संस्कार, संस्कृति र सामाजिक परम्परा केही पनि अवलम्बन गर्न पाइँदैन थियो । हप्ताभरी सामाजिक क्रियाकलाप भइरहने बेलायतको नेपाली बाहुल्य भएको अल्डरसटको एम्पायर हल, भेटघाट हल, प्यालेसका हलहरु, सहर बजार सबै सुनसान हुन्थ्यो । कोही कसैलाई भेट्दैनथे । साइरन बजाएर एम्बुलेन्स घुमिरहन्थ्यो । अकाश खस्छ कि पृथ्वी भासिन्छ कि जस्तो सन्त्रास थियो । कतै मान्छे देखेमा टाढैबाट पन्छिएर हिँड्थें । घर परिवारका सबैसँग डराउँथे । आफैसँग पनि कोरोना छ कि भनेर डराउँथेँ । आपूmले प्रयोग गर्ने कपडा, सामान, झोला, ल्यापटप, मोबाइल र पुस्तक सबैसँग डराउँथे र स्यानिटाइजर लगाएर डराईडराई लगाउँथे । चाहिनेभन्दा बढी स्यानिटाइजर प्रयोग गरेर हात डढेको हुन्थ्यो । चौबिसै घण्टा मास्क लगाएर अनुहारमा नराम्रो डाम हुन्थ्यो ।

यसरी मास्क लगाउँदा पनि यसको कुनाकाप्चाबाट कोरोना छिरेर मलाई भित्रभित्रै संक्रमित बनाएको छ कि ? मैले सबैसँग बिदा लिनुपर्ने हो कि ? जस्तो लागिरहन्थ्यो । छिमेकीको बिरालो देख्नेबित्तिकै लौ कहाँबाट के अशुभ समाचार सुन्नुपर्ने हो ? उडिरहेको काग देख्नेबित्तिकै यसले अब के दुखद् कुरा बोल्ने हो ? करेसाबाारीको डिलमा सधैं रोमान्स गरिरहेको देखिने ढुकुरको प्रेमिल जोडी झोक्रिएको देख्दा पनि कहाँ के पीडादायी घटना भयो भनेर डरले थर्कमान हुन्थे । संक्रमित र मृतकको संख्या दिनदिनै बढिरहेको थियो । रोगले भन्दा भोक र शोकले मानिसहरु पीडित हुन थालेका थियो । शक्तिशाली मुलुकहरु यसबाट बढी प्रभावित भएका थिए ।

कोरोना विरुद्धको खोप आविष्कारमा ढिलाई भइरहेको थियो । लकडाउनको कारण संसारको अर्थतन्त्र ओरालो लागिरहेको थियो । खुसीको कुरा केही थिएन । संसारभर नै अस्तव्यस्त भएको थियो । संसार नै कोल्याप्स हुने हो कि जस्तो परिदृश्य देखिन थालेको थियो । चिकित्सा विज्ञान असफल भएको हो ? प्रकृतिले विज्ञानलाई केही गर्न नसकेको हो ? भन्ने जिज्ञासा र प्रश्नहरु बजारमा उठ्न थालेको थियो । यस्तो खालको डरैडरभित्र आपूm कसरी बच्ने ? आफ्ना परिवार, साथीभाइ र इष्टमित्रलाई कसरी बचाउने भन्ने पीडा र सन्त्राससँगै यहाँसम्म आइपुगेको छ । यसको अझै टुंगो छैन किनकि कोरोनाले रुप परिवर्तन गर्दै संसारलाई अचम्मित बनाइरहेको छ । यूकेमा आफ्ना रुप परिवर्तन गरेको भाइरसलाई युके भेरियण्ट, डेल्टा भेरियण्ट भएर मानव जगतलाई ज्यादै कष्ट र पीडा दिइरहेको छ । वैज्ञानिकहरुका अनुसार यो कोरोना भाइरसभन्दा घातक मानिएको छ । यो दोस्रो लहरबाट देखिएको केरोना भाइरसको विकसित रुप हो ।

अहिले हामीले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छौं । यसले डर पहिलेभन्दा कम भएको छ । यो भ्याक्सिन लगाए पनि कोरोना संक्रमण हुन सक्छ र मृत्यु पनि हुन सक्छ भन्ने वैज्ञानिकको भनाइ भएकोले शतप्रतिशत ढुक्क हुने अवस्था छैन । बेलायत सरकारले जुलाई १९ बाट कोरोना महामारी संक्रमणबाट सुरक्षित हुन लगाएको सबै मापदण्डहरु नियमहरु खारेज गरेको छ । हामी यथास्थितिमा फर्केका छौं । हामी पूर्ववत अवस्थामा आइपुगेका छौं । तर कोरोनाको अवस्था भने सजिलै हाम्रो अनुकूलको भयो भन्न सक्ने अवस्था छैन । संक्रमितको संख्या घटेको छैन । नेपालको स्थिति पनि भयावह नै छ । स्वास्थ्य क्षेत्रको विज्ञहरुले सेप्टेम्बरमा बेलायतमा पुनः लकडाउन हुन सक्ने चेतावनी दिएका थिए । संसारबाट भाइरस निर्मुल भएको छैन । सन्त्रास र सकसमा बाँच्नुपर्ने बाध्यता यथावत छ । यस्तो महामारी विश्व जगतलाई चुनौती दिँदै समयसमयमा देखा परिरहने रहेछ । यसरी मानवले सकसपूर्ण जिन्दगी बिताउनु पर्ने रहेछ ।

म सानो छँदा दादुरा, बिफर, महामारीको सम्बन्धमा सुनेका थिएँ । म आपूm पनि दादुराबाट संक्रमित भएको थिएँ । विज्ञानले जतिसुकै विकास गरे पनि प्रकृतिलाई जित्न गाह्रो हुनेरहेछ । यसपटक कोरोना महामारीले विज्ञानलाई जितेको छ । कोरोनाको अगाडि विज्ञाननिरीह भएको छ । विकसित र शक्तिशाली मुलुकहरुलाई पनि प्रभावित बनाएको छ । त्यहाँ धेरै मानिसको क्षति भएको छ । त्यहाँ विज्ञ, डाक्टर, इन्जिनियर र वैज्ञानिकहरुले समेत ज्यान गुमाए । संसारलाई नै किन्न सक्ने हैसियत राख्ने धनी व्यक्तिको समेत ज्यान गएको छ ।

गरिब र असहायको झुपडीलाई मात्रै होइन धनीहरुको गगनचुम्बी महल र बुलेट प्रुफ भवनहरुलाई कोरोनाले जितेको छ । विश्व जगतमा मानव सभ्यतालाई कोरोना भाइरस कोभिड १९ ले झै विभिन्न नाम गरेको महामारीले विभिन्न कालखण्डमा बितन्डा मच्चाएको विवरण प्रस्तुत गर्न चाहन्छु ।

१. प्राग ऐतिहासिक महामारी ३००० इसापूर्व दक्षिणी चीनमा फैलिएको यो महामारीले सारा मानव बस्तीलाई ध्वस्त बनाएको थियो ।
२. एथेन्सको प्लेग– ४३० इसापूर्व यो ५ वर्षसम्म फैलिएको थियो ।
३. एन्टोनाइन प्लेग – १६५–१८० सम्म फैलिएको यो महाविनाशकारी महामारीले ५० लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो ।
४. साइप्रियन प्लेग –२५०–२७१ सम्म फैलिएको यो महामारीले रोम सहरमा मात्रै प्रतिदिन ५ हजार मानिसको ज्यान लिएको थियो । पादरीहरुले यसलाई संसार अन्त्यको संकेत भनेका थिए ।
५. जास्टिनिपन प्लेग– ५४१–५४२ सम्म फैलिएको यो महामारीले ५ करोड मानिसको ज्यान लिएको थियो । जसले विश्वको जनसंख्या १० प्रतिशत घटेको थियो ।
६. कालो मृत्यु– १३४७–१३५१ मा फैलिएको ब्युकोनिक प्लेगलाई कालो मृत्यु भनेर चिनिन्छ । यो महामारीले संसारभरी २० करोड मानिसको ज्यान लिएको थियो ।
७. अमेरिकन प्लेग– १५११–१५३२ मा एक करोड ८० लाखभन्दा बढी मानिस यो महामारीको सिकार भएका थिए ।
८. को को लिज्टली–महामारी–१५४५–१५४८ मा यो महामारीले १ करोड ८० लाख मानिसको ज्यान लिएको थियो ।
९ . ग्रेट प्लेग अफ लन्डन –१६६५–१६६६ मा १५ प्रतिशत मानिसको ज्यान लिएको थियो ।
१०. ग्रेट प्लेग अफ मार्सेल १७२१–१७२३ ।
११ . रसियन प्लेग १७७० –१७७२ ।
१२ . स्पेनिस फ्लु–१९१८–१९२० ले १० करोड मानिसको ज्यान लिएको थियो । भारतमा मात्रै १ करोड ८० लाख मासिको मृत्यु भएको थियो ।
१३ . विफर–१५२०–१६०० ले संसारभर ५ करोड ६० लाख मानिसको ज्यान गएको थियो ।
१४ . हैजा –विश्व स्वास्थ्य संगठनको अनुसार हरेक वर्ष यो रोगबाट १३ देखि ४० लाख मानिसको मृत्यु हुन्छ ।
१५. एचआईभी एड्स–१९८९ ले ३ करोड ५० लाख मानिसको ज्यान लिएको छ ।
१६ . स्वाइन फ्लु–२००९–२०११ ।
१७ . इबोला– २०१४–२०१६ ।
१८. एशियन फ्लु– १९५७ ।
१९. हङकङ फ्लु – १९६८ ।
२०. सार्स कोरोना– २०१२ ।
२१. जिका भाइरस– २०१५ ।

यसरी संसारमा विभिन्न समयमा विभिन्न महामारी फैलिएको कुरा यहाँ उल्लेखित विवरणबाट पुष्टि हुन्छ ।
अहिलेको परिस्थितिमा कोरोना भाइरस विभिन्न भेरिएन्टको नाममा सक्रिय भइरहेको, भ्याक्सिन लगाए पनि जोखिम कायमै भएकोले सरकारको मापदण्डको पूर्ण पालना गरौं, मास्क लगाऔं, स्यानीटाइजर लगाऔं, सामाजिक दुरी अपनाऔं र आपूm पनि बचौं र अरुलाई पनि बचाऔं । यही आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *