क्यूजीईको ७३औं जन्मोत्सव र वार्षिक भेटघाट कार्यक्रम सम्पन्‍न

प्रकाश गुरुङ
  •  
  •  
  •  

फार्नबोरो सेप्टेम्बर २८ । क्यूइन्स गोर्खा ईन्जिनियरका भूपू ब्रिटिस गोर्खा सैनिक परिवारले पल्टनको ७३औं जन्मोत्सव र वार्षिक भेटघाट कार्यक्रम एकैसाथ मनाएको छ ।

शनिबार स्यमुयोल कोडी कम्यूनिटी हल, फार्नबोरोमा क्यूजीई जन्मोत्सव र वार्षिक भेटघाट कार्यक्रम आयोजना गरेको हो । कोभिड १९ को असरले लामो समय भेटघाट हुन सकेको थिएन । कोभिड पछिको पहिलो भेटघाट कार्यक्रममा सबै उत्साहित देखिन्थे ।

प्रशस्त खाना र पिउने बन्दबस्त थियो। सयपत्री सांस्कृतिक समूहको नाचगानबाट सबैले मनोरञ्जन लिएका थिए । प्राय: समय पुरानो साथीभाइसँग गफगाफमै झुम्मिएको देखिन्थे ।

पल्टनको जन्मोसवको उपलक्ष्यमा केक काटेर सामूहिक गीत पनि गाए । गत दुई वर्षको अन्तरलमा ८२ जना सदस्यहरुको देहान्त भएको रहेछ । मृतक सदस्यहरुको नाममा मौनधारण गरिएको थियो ।

कार्यक्रम बिहान १० देखि बेलुका ९ बजेसम्म संचालन भएको थियो । सबै बन्दोबस्त क्युजिईको ए टीमले गरेको जानकारी संयोजक क्या. रि. तिर्थमान गुरुङले गोर्खा मिडियालाई दिए ।