बेलायतमा घटेनन् कोरोना संक्रमित, एकै दिन ३२ हजारभन्दा बढीमा संक्रमण

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन सेप्टेम्बर २७ । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी संक्रमित थपिएका छन् । ती संक्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ ।

प्राप्त समाचारअनुसार आइतबार मात्र ३२ हजार ४१७ जना संक्रमित भेटिएका हुन् । गएको २४ घन्टा यतामात्र थपिएका ती सङ्क्रमतिहरुसँगै यहाँ अहिलेसम्म सङक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुकाअनुसार यहाँ आजसम्म संक्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या १ लाख ३६ हजार १६८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी गएको २४ घन्टामा मात्र यहाँ ५८ जनाको संक्रमणबाट ज्यान गएको बताइएको छ । लन्डनमा कोभिड १९ को अवस्था समयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ ।केही समयअघि यहाँ भाइरसका संक्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको संक्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ ।

पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमित थपिने गरेका बताइएको छ ।