संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

आकाश गुरुङ
  •  
  •  
  •  

पोखरा ४ असोज । कास्की पोखरा महानगरपालिका वडा नं.३० मोहोरियामा रहेको संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान”अन्तर्गतको १० लि. को अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ।

कोरोनाको कहरको अवस्थामा कास्कीका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई वितरणका लागि महासंघले कास्की जिल्लामा वितरणका लागि तमु धिं नेपाललाई उपलब्ध गराईएको कन्सनट्रेटर पोखरा २९ भण्डारढिकमा रहेको ङ्योए तमु धिं मार्फत हस्तान्तरण गरिएको हो ।

पूर्वसांसद हितकाजी गुरुङको विशेष उपस्थितिमा ङ्योए तमु धिंका अध्यक्ष प्राध्यापक मनबहादुर गुरुङ, कोषाध्यक्ष काशीमाया गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, सचिव जुमकाजी गुरुङ, सहसचिव गोपाल गुरुङ, कोषाध्यक्ष सुवेदार तुलबहादुर गुरुङ, पुर्व युवा संयोजक ध्रुव गुरुङले सामूहिक रुपमा अस्पतालका कार्यकारी निर्देशक विकास गौचनलाई हस्तान्तरण गरिएको हो ।

सहयोग ग्रहण गर्नुहुदै डा.गौचनले सहयोगदाता हङकङ नेपाली महासंघ, समन्वयकर्ता तमु धिं नेपाल र ङ्योए तमु धिंलाई धन्यवाद व्यक्त गर्नुहुँदै सहयोगीहरुको सहयोगले अस्पतालमा उपचार सेवाग्राहीका लागि सहज हुने बताउनुभयो ।

कोरोना भाईरस (कोभिड–१९) महामारीको बिषम परिस्थितीमा मातृभूमि नेपाललाई सहयोग गर्ने उद्देश्यले हङकङ नेपाली महासंघले संचालन गरेको “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान” अन्तर्गत २०० वटा अक्सिजन कन्सन्ट्रेटरहरुमध्ये अभियान संयोजक समेत रहनुभएकी तमु धिं नेपालकी आजीवन सदस्य, हङकङ नेपाली महासंघकी निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार रिता गुरुङले कन्सनट्रेटर तमु धिं नेपाललाई उपलब्ध गराउनुभएको थियो ।

कास्कीका लागि प्राप्त ४ अक्सिजन कन्र्सनट्रेटर मध्ये मध्ये २ वटा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल (गण्डकी) क्षेत्रीय अस्पताल, १ वटा पोखरा १६ अर्मलास्थित अर्मला स्वास्थ्य चौकी र १ वटा पोखरा ३० मोहरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल हस्तान्तरण गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताउनुभयो ।