स्विन्डनमा आयोजित भलिबल प्रतियोतामामा महिलातर्फ विन्चेस्टर, पुरुषतर्फ अल्डरसट विजयी

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन भदौ २८ । गोर्खा नेपाली समाज स्विन्डनले आयोजना गरेको भलिबल प्रतियोतामामा महिलातर्फ विन्चेस्टर, पुरुषतर्फ अल्डरसट विजयी बनेका छन् ।

सेप्टेम्बर ९ तारिखका दिन भएको खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता महिलातर्फ विन्चिस्टर पहिलो र सालिजा दोस्रो भएको थियो भने पुरुषतर्फ मोना यूकेलाई हराउँदै अल्डरसट भलिबल क्लब विजेता बनेको हो ।

प्रतियोगितामा महिना टिमको विन्चेस्टरका मोनिका पुन र पुरुषतर्फ अल्डरसटका विशाल थापा उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगितामा महिलातर्फ ७ टिम र पुरुषतर्फ १३ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यस वर्षको ४ खेलमा ४ वटै खेलमा फाइनल पुग्न सफल भई आफैंले आयोजना गरेको प्रतियोगितामा मोनाले जितेको, मोनाले आयोजना गरेको
खेल आफूहरुले जितेको र ग्रिनवीचमा मोनाविरुद्ध बराबरीमा सकिए पनि स्वीन्डनमा मोनाविरुद्धको फाइनल खेल जितेकोमा अल्डरसट भलिबल क्लबका सचिव शैलेश राईले खुसी व्यक्त गरे ।

यसअघि २०१९ सालमा अल्डरसटले मोनाविरुद्ध फाइनल खेली प्रथम पुरुष कार जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *