मर्दी खोला समाज यूकेको अध्यक्षमा चन्द्रसिंह गुरुङ निर्वाचित

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन भदौ २७ । मर्दी खोला समाज यूकेको अध्यक्षमा चन्द्रसिंह गुरुङ निर्वाचित भएका छन् ।

अल्डरसटस्थित एम्पायर हलमा शनिबार ११ सेप्टेम्बर २०२१ मा भएको अधिवेशनबाट चन्द्रसिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा सुन्दर गुरुङ, महासचिव मिलन गुरुङ, कोषाध्यक्षमा चेत बर्देवा चयन भए ।

आमा समूह अध्यक्षमा पवित्रा गुरुङ निर्वाचित भइन् । आमा समूह उपाध्यक्षमा ध्रुव गुरुङ, सचिव खेमकला गुरुङ चयन भए ।

कार्यक्रममा स्वागतमन्तव्य चन्द्रसिंह गुरुङले राखेक थिए भने सह सल्लाहकार पूर्ण गुरुङले पनि मन्तव्य राखेका थिए ।

सचिव सुन्दर गुरुङ र कोषाध्यक्ष चेत बर्देवाले आयव्यव विवरण सुनाएका थिए भने अध्यक्ष धर्म गुरुङले ३ वर्षको कार्यकालमा भएका कामकारबाही र प्रगति विवरणबारे अधिवेशनमा बताएका थिए ।

यस्तै आमा समूह अध्यक्ष जगना गुरुङ र ध्रुव गुरुङले पनि आफ्नो कार्यकालको गतिविधिबारे जानकारी गाएका थिए । त्यस अवसरमा समाजमा उत्कृष्ट काम गरेकाहरुलाई सम्मान गरिएको थियो ।